अन्नपूर्ण मैत्री बुद्धिचाल शुक्रवार देखि

अन्नपूर्ण मैत्री बुद्धिचाल प्रतियोगिताको १७ औँ संस्करण १० देखि १२ असारमा हुने भएको छ । स्विस लिगको आधारमा प्रतियोगितामा छात्र र छात्राकै चार उमेर समूहका खेल हुने छन् ।
यु–१०,यु–१२, यु–१४ र १४ वर्ष माथिको छात्र र छात्राकै खेल हुने छ ।
प्रत्येक समूहमा शीर्ष तीन स्थान पाउनेलाई पुरस्कार प्रदान गरिने छ । यसै गरी, दसौँ स्थान सम्मको लागि पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यालयलाई विशेष ट्रफी समेत दिइनेछ । प्रतियोगिताको अनुमानित लागत १ लाख ६० हजार रुपैयाँ छ ।
Comment