‘परिवर्तनको पक्षमा आवाज उठाउनको विकल्प छैन’ शाही 

राजेश शाही, नेपालका परिचित फुटबल प्रशिक्षक । ५० को दशकमा फास्ट फुटबलरको रूपमा परिचित राजेश अहिले प्रशिक्षकको रूपमा उत्तिकै सक्रिय छन् । गत सिजनमा खुमलटार यूथ क्लबलाई बी डिभिजन लिगको उप विजेता बनाएका राजेशले यस सिजन पुलचोक यूथ क्लबको जिम्मेवारी सम्हालेका थिए ।
प्रस्ट वक्ता राजेशको नेपाली फुटबलको एउटा फरक पहिचान छ । विवादित समयमा सत्ता र शक्तिसँग नहच्किने राजेश आफ्नो विवेकले देखेको कुरा प्रस्ट सँग बोल्न सक्छन् । यसै कारण उनी आफै पनि विवादमा पर्ने गरेका पनि थिए । परन्तु, सत्यको पक्षमा आवाज उठाउने उनको आदतका कारण उनको बोली मात्र पनि सधैँ अर्थपूर्ण रहने छ ।
अहिले नेपाली फुटबलमा थुप्रै विवाद र विसङ्गति छ । यसै विसङ्गतिको विरुद्धमा सशक्त आवाज उठाउन उनले छाडेका छैनन् । नेपाली फुटबलको वर्तमान नेतृत्वमा उनको असहमतिका थुप्रै विषय छन् । पद्धतिको बारे, कार्यशैलीका  बारेमा । जिम्मेवारी बाँडफाँड गर्ने सवालमा भएको यी विकृतिको विरुद्धमा उनको आवाज अहिले सशक्त बनेको छ ।
‘एउटा उदाहरण नेपाली फुटबलका इतिहास बनी सकेका मणि शाहले पनि चेन्ज एन्फाको मुद्दामा कर्मा छिरिङलाई साथ दिएका थिए । मणि शाह दिवंगत भएको यत्ति धेरै वर्ष पछि पनि एन्फाले उनको सम्झनामा केही गरेको छैन । ’ त्यसो त बिल तामाङ र पूर्व फिफा रेफ्रि लव खत्रीको निधनमा एन्फाले कुनै चासो दिएन ।
अहिले फुटबल कर्मीको आक्रोश धेरै कुरामा छ । नत राम कुमार विश्वास बिरामी हुँदा केही मतलब गरेको थियो । या न अन्य फुटबल खेलाडीको समस्याको सवालमा । मरणोप्रान्त समवेदना व्यक्त गर्ने कुरामा समेत फुटबल नेतृत्व पक्षपाती बनेको छ । अन्य विषयमा त कुरै भएन । आर्थिक अपारदर्शी अहिलेको फुटबलका मुख्य समस्या हुँदै हुन् ।
‘सधैँ विधानको कुरा उठाउने कर्माको नेतृत्वमा नै विधान विपरीत धेरै काम भएका छन् । ’ एक व्यक्ति एक पदको कुरा गर्ने कर्माको नेतृत्वमा रहेका धेरै जना थुप्रै पदमा छन् ।
यी सबै विवादका बारे राजेशको प्रस्ट मत छ, ‘आर्थिक अनुशासन, पारदर्शी र विधिको शासन अबको आवश्यकता हो । यसका लागि परिवर्तनकारी भूमिकामा सबै लाग्न आवश्यक  छ ।’
उनी भन्दा अघिल्लो पुस्ता र अग्रजले फुटबल विकासमा लागि सही दिसा दिन नसकेको कारण फुटबलकर्मीको हितमा बोल्न अति आवश्यक रहेको उनको ठहर छ ।
Comment