सिन्दीरालाई राष्ट्रव्यापी बुद्धिचालको उपाधि

अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा काठमाडौँ जिल्ला बुद्धिचाल सङ्घको आयोजनमा भएको दोस्रो हेरा माया श्रेष्ठ स्मृति राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिताको उपाधि सिन्दीरा जोशीले जितेकी छन् । कुल ७० हजार रुपैयाँ पुरस्कार राशि भएको सात चरणको प्रतियोगितामा  ६ अङ्कको साथ सिन्दीरा पहिलो भएकी हुन् । त्यसै गरी गोलडेनगेट चेस क्लबकी अनिसा न्यौपाने  ५.५ अङ्कको साथ दोस्रो भइन् । समान अङ्क भएकी गोल्डेनगेट चेस क्लबकी पुनम प्रसाँइ तेस्रो भइन् ।
विजयी खेलाडीहरूलाई बाग्मती प्रदेशकी स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पुरस्कार वितरण गरिन् ।
Comment