नेपाली घर सम्झना कपको हस्पिटालिटी पार्टनर

ललितपुर टेबल टेनिस क्लबको आयोजनामा हुने चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको हस्पिटालिटी पार्टनरका रूपमा नेपाली घर अनुबन्ध भएको छ ।
सो सम्बन्धी सम्झौता पत्रमा नेपाली घरका सेल्स एन्ड मार्केटिङ म्यानेजर सुजन तण्डुकार र प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी पाएको स्पिन इभेन्ट प्रा.ली. का अध्यक्ष सुमन शाक्यले बुधवार एक कार्यक्रमबिच हस्ताक्षर गरे । सो बापत नेपाली घरले खेलाडीका लागि प्रतियोगिता अवधिभर १२ कोठा उपलब्ध गराउने छ ।
सेल्स एन्ड मार्केटिङ म्यानेजर तण्डुकारले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रायोजन गरेको बताउँदै टेबलटेनिससंग जोडिन पाउँदा खुसी लागेको बताए । उनले आगामी संस्करणमा पनि सहयोगका लागि सकारात्मक रहेको बताए ।
प्रतियोगिता चैत १५ देखि १९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुँदै छ । यसअघि प्रतियोगिता माघ १२ देखि १५ गतेसम्म हुने भनिएको थियो । कोभिड– १९ को तेस्रो लहर ओमिक्रोनका कारण स्थगित भएको थियो ।
अन्य प्रायोजकमा नेबिको बिस्कुट, नाति कन्स्ट्रक्सन प्रा.ली. र टेबल टेनिस खेल सामाग्री प्रायोजकमा डिएचएस रहेका छन् । सम्झना लेबोरटरी क्लिनिक प्रा.ली. ले मुख्य प्रायोजकका रूपमा आयोजकसँग यसअघि नै सम्झौता गरिसकेको छ ।
प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । पुरुष÷महिला सिंगल्स र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी ७ स्पर्धामा खेल हुने  छ । सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानतर्फ विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार तथा तेस्रोलाई २ हजार ५ सय नगदबाट पुरस्कार गरिने छ । अनुमानित २१ लाख ५० हजार बजेट रुपैयाँ रहेकोमा मुख्य प्रायोजक सम्झनाले ५० प्रतिशत रकम प्रायोजन गर्ने भएको छ ।
Comment