प्रवेश र मार्सल शीर्ष स्थानमा 

१६ औँ राष्ट्रव्यापी अन्नपूर्ण मैत्री विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन तेस्रो र चौथो चरणका खेलहरू सम्पन्न भएका छन् । प्रतियोगिताको १६ वर्ष मुनिको उमेर समूहमा आयोजक अन्नपूर्ण उ.मा.वि.का प्रवेश लामा र त्रियोग हाई स्कुलकी मार्सल तामाङ समान ४ अङ्कका साथ अग्रस्थानमा छन् । त्यस्तै १४ वर्ष मुनिको उमेर समूहमा बि.एन. एकेडेमी धापासीकी पूर्णिमा गुरुङ र तिलिङ्गटार मा.वि. की सन्तोषी वि.क. समान ४—४ अङ्कका साथ अग्रस्थानमा रहेकी छिन् ।
अन्नपूर्ण उ.मा.वि., ज्याठा, कान्तिपथद्धारा आयोजित प्रतियोगितामा १० वर्ष, १२ वर्ष, १४ वर्ष मुनिको उमेर समूहमा विभिन्न २४ वटा स्कुलहरूबाट १२० जना छात्रछात्राहरू सहभागी छन् । प्रतियोगिता शनिवार सम्पन्न हुनेछ ।
Comment