एपीएम टेबल टेनिस पुस पहिलो साता


नेपाल एपीएम टेबल टेनिस प्रा.ली. को आयोजनामा प्रथम नेपाल एपीएम खुला टेबल टेनिस प्रतियोगिता पुस १ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा एपीएमका निर्देशक दानबहादुर महताले जानकारी गराए । पुरुष÷महिला सिंगल्स, यु–१६ ब्वाइज÷गल्र्स सिंगल्स, मिक्स डबल्स, पुरुष भेट्रानको सिंगल्सतर्फ ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि स्पर्धामा खेल हुने छ । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय–२ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । सबै ८ स्पर्धाका विजेतालाई सिओम टेबल टेनिस नेपालले ५ लाख रुपैयाँ बराबरको खेल सामाग्री उपलब्ध गराउने छ ।
प्रतियोगितामा करिब ३ सय २० खेलाडीको सहभागिता रहने बताइएको छ । तीन दिने प्रतियोगिताका खेलहरू भैसेपाटीमा हुने छ ।
प्रतियोगितालाई साङ्ग्रिला डेभलोप्मेन्ट बैङ्क लिमिटेडले मुख्य प्रायोजन गर्ने भएको छ । प्रायोजन सम्बन्धी सम्झौता पत्रमा पनि हस्ताक्षर भएको छ । साङ्ग्रिलाका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र एपीएमका निर्देशक दानबहादुरले सम्झौता पत्रमा हस्ताक्षर गरे । साङ्ग्रिलाले १ लाख सहयोग गर्ने साङ्ग्रिलाकी मार्केटिङ हेड अपर्णा बज्राचार्यले जानकारी गराइन् ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले खेलकुदसँग पहिलो पटक जोडिएको बताउँदै तत्काललाई सम्झौता प्रथम संस्करणका लागि मात्र भएको बताए । उनले आगामी संस्करणमा प्रायोजनले निरन्तर पाउने प्रतिबद्धता जनाए । सोही अवसरमा नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स एन्ड इन्भाइरोमेन्ट कमिसनका सदस्य पूर्ण शंकर श्रेष्ठ र एपीएमका अध्यक्ष महताबिच पनि सह–प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । श्रेष्ठले व्यक्तिगत ३ लाख प्रायोजन गर्ने बताए ।

Comment