जी. ओ इनटेरियर चेसको तयारी पुरा

जी.ओ इन्टेरियर फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिता  शुक्रवार र शनिवार थापाथली चेस पार्कमा हुने भएको छ । प्रतियोगितामा १ सय ५० जना खेलाडीको सहभागिता रहने छ ।
आयोजक जी.ओ इन्टेरियरका प्रमुख वीरेन्द्र शर्माले प्रतियोगिताले नेपाली चेसको विकासमा थप सहयोग हुने विश्वास रहेको बताए ।
प्रतियोगिता आयोजनामा थापाथली चेस पार्कका उपाध्यक्ष भरत धिमालको पनि महत्त्वपूर्ण सहयोग रहेको छ । प्रतियोगिताको लागत २ लाख ८० हजार रुपैयाँ रहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले १५ हजार रुपैयाँ पाउने छन् भने उप विजयीले ८ हजार रुपैयाँ तथा तेस्रो हुने खेलाडीले ६ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता स्विस प्रणालीमा नौ  राउन्डको हुने छ ।
प्रतियोगिताको पे मेन्ट पार्टनर प्रभु पे रहेको छ । यसै गरी, राइड सेयरिङ पार्टनर सहारा राइड रहेको छ । फुड पार्टनर लस्कर रहेको छ । ब्रीभेज पार्टनर आरसी कोला तथा हस्पीटालीटी पार्टनर होटेल ऋतु मोरिया छन् । बैङ्किङ पार्टनर एनएमबी बैङ्क रहेका छन् ।
Comment