एपीएफ बुढासुब्बा च्याम्पियन

budasuba titleसरीता पुमा राई
         धरान
१७ औ बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितको छ ।  धरान फुटबल क्लबको आयोजानमा शनिबार भएको खेलमा एपीएफले मनाङग मस्र्याङदी क्लबलाई १—०ले पराजित गदै उपाधि जित्न सफल भएको हो । एफिएफले उपाधि सहित ३ लाख ५० हजार रुपैया पुरस्कार समेत जित्न सफल भएको छ । उत्तारार्धको  २२ औ मिनेटमा एपीएफका सन्तोष श्रेष्ठको पासमा राजेन्द्र रावलले एक गोल नै निर्णायक गोल भएको थियो । एपीएफले बुढासुब्बाको उपाधि प्रथम पटक जितेको हो ।
त्यसैगरी यस पटककको उपविजयी मनाङग मस्र्याङदीले २०६० र २०६७ सालमा गोल्डकपको उपाधि जित्न सफल भएको थियो । त्यसैगरी २०६८ सालमा उपविजेता बनेको थियो । उत्कृष्ट गोलकिपर एपिएफ क्लबका अमृत कुमार चौधारी भएका थिए । उत्कृष्ट डिफेन्स  एपीएफका खेलाडी राजेन्द्र रावल , उत्कृष्ट पशिक्षक सोही टोलीका  कृष्ण थापा , उत्कृष्ट मिड फिल्डर  मनाङग मस्र्याङदी क्लबका  सुलभ मास्के , उत्कृष्ट स्ट्राईकर  हुने खेलाडि  मनाङग मस्र्याङदी क्लबका खेलाडि लियोन्स डोडोज भएका थिए । उनीहरुलाई जनहि नगद १० हजार रुपैया पुरस्कार दिएका थिए । त्यसैगरी खेलको बेस्ट प्लेयर एपिएफाका गणेश लावती भएका थिए । उनले वाईक पुरस्कार जित्न सफल भएको थिए । खेलको म्यान अफ दि म्याच एपीएफ क्लबको खेलाडि राजेन्द्र रावल भएका थिए । उनले नगद पाच हजार पुरस्कार पाएका थिए । गोल्डकप फाल्गुन १६ गते देखि सुरु भई २३ गते समापन भएको हो  । खेलमा आठ वटा टिमको सहभागिता रहेको थियो ।

Comment