सक्षम र सुनिरालाई स्वर्ण

नेपालका सक्षम विक्रम शाह र सुनिरा थापाले काठमाडौँ÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को सिंगल्समा शुक्रवार स्वर्ण जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा सक्षमले भारतका सिद्धार्थ जिबुलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । नेपालका दर्शिल श्रेष्ठ र आयुशमान हजुर घले तेस्रो भए ।
नेपाल टेनिस सङ्घद्वारा आयोजित प्रतियोगिताको र्गल्स फाइनलमा सुनिराले नेपालकी प्रशंसा मोक्तानलाई ६–१ र ६–२ को सीधा सेटमा हराए । नेपालकी शिभाली गुरुङ तथा नेपालकी इभा अधिकारीले तेस्रो स्थानमा चित्त बुझाए ।
त्यसअघि डबल्सको ब्वाइजमा नेपालका सक्षम विक्रम शाह र आयुशमान हजुर घले तथा र्गल्समा सुनिरा थापा र प्रशंसा मोक्तानको जोडी पहिलो भएका थिए ।
विजेतालाई नेपाल टेनिस सङ्घकी अध्यक्ष ज्योति राणा, उपाध्यक्ष केशवराज पाण्डे र महासचिव मनोहर दास मुलले एक कार्यक्रमबिच पुरस्कृत गरे । प्रतियोगिताअन्तर्गत सर्किट– २ का खेलहरू सोमबारदेखि सुरु हुने छ ।

Comment