निकेन बने च्याम्पियन

पोखरामा सम्पन्न अन्तर वडा स्तरीय वडाध्यक्ष कप रेपिड चेस प्रतियोगिताको उपाधि  भक्तपुरका युवा खेलाडी निकेन कुसाथाले जितेका छन् । ९ चरणको स्विस लिग खेलमा निकेनले ६ जीत र ३ बराबरी सहित ७.५ अङ्क जोडे । उनले १५ हजार रुपैयाँ सहित प्याराग्लाइडिङ्ग प्याकेज पाए ।
माइन्ड फ्रेस चेस क्लब, पोखरा महानगरपालिका–१७ द्वारा आयोजित प्रतियोगितामा समान ७ अङ्क भए पनि प्रोग्रेसिव टाई ब्रेकमा हेटौडाका कृष्ण थापा दोस्रो, काठमाडौँका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली तेस्रो, रौतहटका फिडे मास्टर रुपेश जयसवाल चौथौँ,   स्याङ्जाका युवराज पौडेल पाँचौँ र काठमाडौँका युवा खेलाडी पुरुषोत्तम सिलवाल छैटौँ भए ।
त्यसै गरी पोखराका रामबहादुर क्षेत्री सातौँ, पोखराकै महेश्वर अधिकारी आठौँ, भक्तपुरका जगन्नाथ ताम्राकार नवौँ र दमकका जीवन मैनाली दसौँ भए । छोरे पाटन माविको हलमा सञ्चालित प्रतियोगितामा भक्तपुरका गणेशमान दुवाल उत्कृष्ट भेट्रान र पोखराका विनोद नाल्मी अनरेटेडतर्फ उत्कृष्ट घोषित भए । उनीहरूले २ हजार रुपैयाँ पाए  । ३ दिने प्रतियोगितामा १५ जिल्लाका ट ७६ जना खेलाडीहरू सहभागी थिए ।
Comment