यस कारण उदय अर्याल उत्कृष्ट

ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर उदय अर्यालले पारा ओलम्पिक सञ्चालन गर्न पाउनुलाई महत्त्वपूर्ण सफलताको रूपमा व्याख्या गरेका छन् । जापानको टोकियोमा यसै वर्ष सञ्चालन भएको पारा ओलम्पिक खेलकुदका लागि  अन्तर्राष्ट्रिय लाइन जज प्यानलमा समावेश अर्याल नेपालका शीर्ष कोटीका अम्पायरको रूपमा परिचित रहेका छन् । सो प्रतियोगितामा एसियाका ५५ जज तथा टेक्निकल अफिसरको छनोटमा अर्याल पनि समावेश गरिएका हुन् ।
२०४४ मा पाल्पाको तानसेनमा भएको २३ औ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मार्फत राष्ट्रिय ब्याडमिन्टन अम्पायरको रूपमा सक्रिय २०५७ सालबाट ब्याडमिन्टन एसियाका अन्तर्राष्ट्रिय अम्पायर भएका हुन् । राष्ट्रियबाट अन्तर्राष्ट्रिय अम्पायर हुन न उनले १२ वर्ष लामो समय लागेको थियो ।  यसका लागि नेपाल ब्याडमिन्टन सङ्घ भित्र हुने छलकपट र राजनीतिको सिकार भएको अर्यालको ठम्याइ छ । वि.स २०४४ पछि पछि उनले नेपालमा भएका कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएका छैनन् ।यसर्थ पनि  नेपालमा भएको सबैभन्दा बढी प्रतियोगिता सञ्चालन गर्ने टेक्निकल अफीसीयल अर्याल नै हुन् ।
नेपाली ब्याडमिन्टनमा निश्चित केही व्यक्तिको स्वार्थका कारण मोफसलमा थुप्रै टेक्निकल अफीसीयल माथि भेदभाव जन्य व्यवहार भई रहेको सन्दर्भमा अर्यालले भने अभिभावकी भूमिका निर्वाह गर्दै आएका छन् । यस पारा ओलम्पिक खेलमा नेपालले खेलाडी र अफिसीयल दुवैको उपस्थिति गराउने अवसर पाए पनि सङ्घको लापरबाही र बेवास्ताका कारण खेलाडी प्रकाश अधिकारी वञ्चित रहेको ब्याडमिन्टन प्रेमीको ठम्याइ छ ।  दुबईमा सम्पन्न प्रतियोगिता पछि कुनै पनि अन्तर्राष्ट्रिय सहभागिताको अवसर सङ्घले उपलब्ध नगराएको कारण प्रकाशको पारा ओलम्पिकका लागि वाइल्ड कार्ड पाउने आशा तुहिएको थियो । स्मरणीय छ,नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष राम जी बहादुर श्रेष्ठ नै पारा ब्याडमिन्टन एसियाका अध्यक्ष हुन् ।
भूगोल, सीमा,वर्ग र सम्प्रदायको नाममा अवसर माथि हुने भेदभावका विरुद्ध आवाज उठाउने भएकाले धेरै टेक्निकल अफीसीयलले  उनलाई साँचो अभिभावक ठान्ने गरेका छन् । खेल प्रतिको लगाव, सहयोगी भावना, सबैलाई सम्मान गर्ने आदत र शक्तिको दुरुपयोग नगर्ने स्वभावका कारण उनलाई नेपाली ब्याडमिन्टनका सिनीयर मात्र होइन उत्कृष्ट टेक्नीकल अफीसीयलको रूपमा ग्रहण गर्नेको जमात धेरै छ ।
Comment