युएईमा नेपालीका बिच ब्याडमिन्टन

Manoj Shiama
29 May, 2025 10:15 am

नेपाल ब्याडमिन्टन समूह युएईको आयोजनामा शारजाहमा पाँचौँ एनबिसी ब्याडमिन्टन च्याम्पियनसिप कप २०२५ हुने भएको छ ।

स्वास्थ्यका लागि खेल भन्ने मूल नाराका साथ नेपाल ब्याडमिन्टन कम्युनिटी (एनबिसि) युएईले आगामी १ जुनमा एस्ट्रा ब्याडमिन्टन स्टेडियम शारजहामा प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा प्रथम र दोस्रो हुने टोलीलाई ट्रफी, मेडलसहित नगद पुरस्कारसहित सम्मान गरिने छ ।