जी. ओ इन्टेरियर चेस नोभेम्बरमा 

जी.ओ इन्टेरियर फिडे रेपिड रेटिङ चेस प्रतियोगिता नोभेम्बर २६ र २७ मा थापाथली चेस पार्कमा हुने भएको छ । आयोजक जी.ओ इन्टेरियरका प्रमुख वीरेन्द्र शर्माको  लगातार दुई पटकको राष्ट्रिय च्याम्पियन थापाथली चेस पार्कको स्थापना काल देखि हालसम्मको सफलतामा महत्त्वपूर्ण योगदान रहँदै आएको छ । नेपाली चेस विकासमा यस प्रतियोगिताले थप आयाम थप्ने विश्वास रहेको बताए । प्रतियोगिता आयोजनामा थापाथली चेस पार्कका उपाध्यक्ष भरत धिमालको पनि महत्त्वपूर्ण सहयोग रहेको छ । प्रतियोगिताको लागत २ लाख ८० हजार रुपैयाँ रहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले १५ हजार रुपैयाँ पाउने छन् भने उपविजयीले ८ हजार रुपैयाँ तथा तेस्रो हुने खेलाडीले ६ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता स्विस प्रणालीमा नौ  राउन्डको हुने छ ।
Comment