ओम गोदावरीको पहिलो वार्षिकोत्सव

ओम गोदावरी कोरियन मार्सल आर्ट एकेडेमीको वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवकै अवसरमा चौथो ग्रेडिङ, डेमोन्सट्र्रेसन र विजया दशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम पनि सम्पन्न भयो ।
गोदावरी नगरपालिका वडा नै तीनका अध्यक्ष बाल मुकुन्द घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लबका संरक्षक श्रीराम आचार्य तथा कानुनी सल्लाहकार गणेश आचार्यको पनि उपस्थिति थियो । कार्यक्रम सुजन बराइलीले सञ्चालन गरेका थिए ।
एकेडेमीको मुख्य प्रशिक्षक राष्ट्रिय स्तरमा परिचित युवा प्रशिक्षक  प्रकाश  खत्री रहेका छन् ।
Comment