क्याप्टेन भगवानको ब्वाइज युनियन देखि ठमेलसम्मको यात्रा

फुटबल धेरैका लागि पेसा हो, केहीका लागि पेसन । ६० को दशकको सुरुवातमा फर्कने हो भने त्यसै समयमा नेपाली फुटबलमा मिडफील्डर भगवान थापाको सक्रियताका दिन थिए । दीपेन्द्र प्रहरी स्कुलको हुर्काइ पछि कसमस इन्जिनियरिङ कलेजमा बि आइटी अध्ययनरत गरी रहेका भगवानका लागि पेसाकै लागि फुटबल अनिवार्य थिएन । यसका बाबजुद उनी लगातार फुटबलका सक्रिय रहे ।
फुटबल खेल्दै जाने क्रममा बुद्ध एयरले फुटबल टिम बनाएको थियो । यो फाइभ ए साइड टिम थियो । मनोरञ्जनकै लागि फुटबल खेल्ने यो टोलीमा भगवान पनि अटाए ।
ए डिभिजन लिग खेल्ने क्रममा उनले ब्वाइज युनियन क्लब, जाउलाखेल यूथ क्लब र सरस्वतीको जर्सी लगाएका  थिए ।
बुद्ध एयरमा रहँदा नै भगवानले छात्र वृत्तिमा अमेरिका जाने अवसर पाए । ०६३ को ए डिभिजन लिग खेले पछि अमेरिका पुगेका भगवानले ०६५ मा नेपाल  फर्किएर बुद्ध एयरको उडान भर्न सुरु गरे । सिनीयर क्याप्टेन भगवानको फुटबलसँगको मोह भने घटेको छैन ।
अहिले उनी भेट्रान फुटबल खेल्ने गर्छन् । उनको अहिलेको टोली ठमेल ११ । यसै टोलीमा कुने समयमा चर्चित नेपाली स्टार राजकुमार घिसिङ, जिवेश पाण्डे, सचिन श्रेष्ठ, शुक्र तामाङ र विकर्ण श्रेष्ठ पनि रहेका छन् ।
नेपाली फुटबलमा एउटा समय थियो, ठमेल ११, महावीर क्लब, ब्वाइज युनियन र एनआरटी लगायतको सेरोफेरोमा नेपाली फुटबल घुमेको हुन्थ्यो । यी क्लब नेपाली फुटबल इतिहासमा धरोहर नै  थिए ।
संयोग मान्नु पर्छ, भगवानले   ऐतिहासिक क्लब ब्वाइज युनियनबाट पहिलो पटक ए डिभिजन लिगमा पाइला टेकेका थिए । अर्को  ऐतिहासिक नाम ठमेल ११ मा भेट्रान फुटबल खेलाडीको रूपमा आबद्ध छन् ।
मिलनसार भगवान ठमेल ११ का खेलाडीको माझ उत्तिकै प्रिय छन् । त्यसो त त्यस पुस्ताका फुटबल खेलाडीहरूको मित्रता पनि अजिब कै छ । यसै मित्रताले उनलाई अहिले पनि फुटबलले तानी रहेको छ ।
ए डिभिजन फुटबल खेलाडी, इन्जिनियर र पाइलटको दुर्लभ सफलता पाउने भगवानको सफलता त सहनीय छ नै साथै उनको फुटबल प्रतिको लगाव पनि सम्मानयोग्य छ । हावामा दिनहुँ  जसो उडान भर्ने यी क्याप्टेनले नेपाली फुटबलको दुई ऐतिहासिक नाम ब्वाइज युनियन देखि ठमेलसम्मको यात्रा पनि उत्तिकै महत्त्वपूर्ण छ ।
Comment