फ्लोरिडा ओपनमा प्रेम, सन्दीपा र सञ्जीवलाई स्वर्ण

विदेशमा रहेर पनि नेपाली तेक्वान्दोमा समर्पित प्रेम कुमार दर्नाल

तेक्वान्दो प्रतिको समर्पणका कारण विदेशमा रहेर पनि सक्रिय रहेका प्रेम दर्नालले १४औँ फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्से तर्फ दुई पदक जितेका छन् । फ्लोरिडाको ओङ तेक्वान्दो एकेडेमीको आयोजना भएको च्याम्पियनसिपमा प्रेमले ट्रेडिसनल पुम्सेमा स्वर्ण जित्दा स्पोर्ट्स पुम्सेमा भने रजत पदकमै चित्त बुझाए । स्पोर्ट्स पुम्सेमा स्विट्जरल्यान्डका डे फ्रेइटा फान्कोईले प्रेमलाई पछि पार्दै स्वर्ण जिते । फ्रान्कोईले ६.५१ अङ्क बटुल्दा प्रेमले ५.८१ अङ्क जोडेका थिए ।

सञ्जीव नेपालीले दुई स्वर्ण पदक जितेका छन् । ओङ तेक्वान्दो एकेडेमीको आयोजना भएको च्याम्पियनसिपमा सञ्जीवले ३० देखि ४० वर्ष मुनि उमेर समूहको स्पोर्ट्स र ट्रेडिसनल पुम्सेमा स्वर्ण जितेका हुन् । सञ्जीवले स्पोर्ट्स तर्फ अमेरिकाका क्लेभ कोलाडोलाई हराउँदै स्वर्ण जितेका हुन् । सञ्जीवले ६ अङ्क बटुल्दा क्लेभले ४.९३४ अङ्क जोडेका थिए ।
यसै च्याम्पियनसिपमा नेपालका अर्की खेलाडी सन्दीपा अमगाईंले स्पोर्ट्स पुम्सेमा कांस्य र ट्रेडिसनल रजत पदक जितिन् । स्पोट्र्स पुम्सेमा स्वर्ण विजेता अमेरिकाकी नाटलिया मुनेटनले ६.९६ अङ्क र रजत विजेता फ्रान्सकी ज्लाटकोभिच टमराले ६.१५ अङ्क बटुलेका थिए । सन्दीपाले भने ५.४५ अङ्क जोडेपछि कांस्य पदकमा खुम्चिन बाध्य भइन् । ट्रेडिसनल तर्फ भने उनी रजत पदक जित्न सफल भइन् । गत सेप्टेम्बर ११ देखि भएको च्याम्पियनसिपमा नेपालसहित अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, फ्रान्स, स्विट्जरल्यान्ड र स्लोभानिया लगायत राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।१४औँ संस्करण भने अनलाइनमा हुँदा पुम्से, भर्चुअल स्पाइरिङ, स्पिड किकिङ, ब्रेकिङ, विपन र पारा तेक्वान्दोको प्रतिस्पर्धा भएका थिए ।
Comment