गनञ्जय र सुस्मितालाई स्वर्ण

गनञ्जय दाहाल र सुस्मिता खड्का १५ औँ हरे राम जोशी स्मृति टेबल टेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन् । गनन्जय पुरुष तथा सुस्मिता महिलामा पहिलो भए ।
हरे राम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनी खरेल दोस्रो तथा हिमाल विष्ट र मुकेश महर्जन तेस्रो भए । महिलामा निकिता कस्ती दोस्रो तथा शुभ श्री श्रेष्ठ र प्रनिका कुँवर तेस्रो स्थानमा रहे ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष भेट्रान ४० वर्षमाथि उमेश मानन्धरले स्वर्ण, जयराम महर्जनले रजत तथा राजु शाक्य र निकेशप्रसाद जोशीले कांस्य जिते । पुरुष भेट्रान ५० वर्षमाथि राजेन्द्र बज्राचार्य, किरण व्यञ्जनकार तथा इन्द्र शेखर खड्का र शरदमान श्रेष्ठ क्रमशः शीर्ष तीन स्थानमा रहे । ६० वर्षमाथि जगदीश्वरप्रसाद जोशी पहिलो, रोशन प्रधान दोस्रो तथा ध्रुव श्रेष्ठ तेस्रो बने ।
महिला भेट्रान ५० वर्षमाथि सविता बस्नेत पहिलो, इन्दिरा पौडेल पराजुली दोस्रो र सम्झना पोखरेल तेस्रो   भए । अर्सना महर्जन तथा श्रेया शाक्य उदीयमान खेलाडी चुनिए ।
Comment