मनांग मस्र्याङदी क्लब फाइनलमा

buddha subba semifinal
सरीता पुमा राई
         धरान
१७ औ बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङदी क्लब फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार धरान १७ स्थित एन्फा एकेडमी खेल मैदानमा भएको खेलमा त्रिभुवन आर्मि क्लबलाई २—१को अन्तरले हराउदै मनाङ मस्र्याङदी क्लब फाइनलमा प्रवेश गरेको हो । मनाङ मस्र्याङदीका लियोन्स डोडोजले खेलको उत्तारार्धको ११ औ मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । त्यसैगरी अतिरीक्त समयको दोस्रो मिनेटमा दिपक राईको पासमा सुलभ मास्केले गोल गरेर आफनो टिमलाई फाइनलमा प्रबेश गराए ।
पाचौ मिनेटमा त्रिभुवन आर्मी क्लबको खेलाडी अमृत बस्नेतले गोल गरेका थिए । खेलमो युद्ध शाहिले रातो कार्ड पाए पछि आर्मी क्लब १० खेलाडीमा सिमित भएको थियो । उनले मनाङ मस्र्याङदी क्लबको खेलाडी लियोनेल स्टेफेनलाई कुटेपछि रातोकार्ड पाएका थिए । खेलको म्यान अफ द म्याच आर्मि क्लबको खेलाडि जितेन्द्र कार्की भएका थिए । मनाङ मस्र्याङदीका  प्रशिक्षक  राजुकाजी शाक्यले आफनो टिमको खेलाडीहरुले राम्रो मेहन्त गरेर खेलेको कारणले जित्न सफल भएको बताए । खेलमा विवाद भएता पनि टिमले कुनै हत्सोसाहि नभई खेलेको उनले बताए । त्रिभुवन आर्मीका प्रशिक्षक  मेघराज केसीले लाईन्स म्यानको हेलचेक्राईको कारणले पनि खेल हार्न व्यहोरेको बताए । शनिबार हुने फाईनल खेलमा मनाङ मस्र्याङदी क्लब बिरुद्ध एपिएफ क्लब खेल हुने भएको छ । मनाङ मस्र्याङदी क्लबले बुढासुब्बा गोल्ड कपको दुई पटक उपाधि जित्न सफल भएको थियो । एफि एफ क्लब फाईनलमा पहिलो पटक पुगेको हो ।

Comment