ललितपुर तेक्वान्दोमा दिल

दिल महर्जनलाई अध्यक्षमा चयन गर्दै ललितपुर जिल्ला तेक्वान्दो सङ्घको जिल्ला अधिवेशन शुक्रवार सम्पन्न भयो । जिल्लाका तेक्वान्दोकर्मीको भेलाले शरण महर्जनलाई उपाध्यक्ष तथा नबिना बुढाथोकी मगरलाई सचिवमा निर्वाचित गरेको छ । यसै गरी प्रकाश महर्जन कोशाध्यक्ष भए ।
सन्तोष गजुरेल, रजिन सिंह,थानेश्वर दर्लामी मगर,शिवहरि बुढाथोकी र सृजन महर्जन सदस्य चुनिए । सबै जना सर्वसम्मत निर्वाचित भएका हुन् । जिल्ला तेक्वान्दो सङ्घका सल्लाहकार जितेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । यस अघि ललितपुर जिल्ला तेक्वान्दो सङ्घ मणि राज विष्टको अध्यक्षतामा रहेको थियो ।
Comment