कराते टोली लन्डन जाने

meenkrishna
लन्डनमा हुने युके खुला सेमिनारमा सहभागी हुन दुई खेलाडी सहित चार सदस्यीय नेपाली कराते टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्दैछ ।    मार्च ७ र ८ तारिखमा हुने सेमिनारमा राष्ट्रिय खेलाडीद्वय मुकुन्द्र महर्जन र विनोद महर्जन कुमुतेतर्फको सेमिनारमा सहभागी हुनेछन् । त्यस्तै प्रशिक्षक सोभितराज प्रसाईंले काता÷बुङकाईको सेमिनारमा भागलिने छन् ।    टोलीको नेतृत्वपूर्व कराते खेलाडी एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले गर्नेछन् ।  २ पटकका विश्व च्याम्पियनतथा ९ पटकका युरोपियन च्याम्पियन जुनियर लेफेभ्रेले सञ्चालन गर्ने छन् । सेमिनारमा विभिन्न ६० राष्ट्रको सहभागिता रहने टोली नेता महर्जनले जनाएका छन् ।
टोलीलाई नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बुधबार बिदाइ गरे । टोलीको खाने र बस्ने व्यवस्था उपसभापति पौडेलले मिलाइदिएको बताइएको छ ।

Comment