अशोकलाई स्वर्ण

नेपाली तेक्वान्दो खेलाडी अशोक खड्काले दोस्रो ग्विन प्रो लिग अनलाइन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।
यु–४० उमेर समूहको एकल पुम्सेमा अशोकले सर्वाधिक ६.५६ अङ्क जोड्दै स्वर्ण जिते । यो स्पर्धामा विभिन्न राष्ट्रका १३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । इन्डोनेसिया दोस्रो तथा मलेसिया तेस्रो भए ।
अल्मा तेक्वान्दो क्लब, मलेसियाद्वारा आयोजित प्रतियोगिता जुन ३० तारिखमा भएको थियो । नतिजा भने सोमबार मात्र प्राप्त भएको खड्काले जानकारी गराए । प्रतियोगितामा विभिन्न १९ राष्ट्रका करिब ५ सय खेलाडी सहभागी थिए ।

Comment