मीन र नोर्बु एसियाली तेक्वान्दोमा निर्णायक

यही ११ देखि १६ जुलाई सम्म दक्षिण कोरियामा एसियाली तेक्वान्दोको आयोजनामा हुन लागेको डब्लुटि एसिया अनलाइन २०२१ विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालका नोर्बु लामा र मीन न्यौपानेले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । लामाले यस अघि सन् २०२० मा भएको यसै प्रतियोगिताको अघिल्लो संस्करणमा पनि रेफ्रिको भूमिका निर्वाह गरेको थिए।
नेपालको प्रतिनिधित्व गर्ने रेफ्रिहरु दोस्रो श्रेणीका हुन् ।
Comment