एपीएफ बुढासुब्बाको फाइनलमा

buddha subba apf1
सरीता पुमा राई
         धरान

एपीएफ क्लब १७ औ बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको पाचौ दिन एफि एफ क्लबले फाइनल खेलमा प्रवेश गरेको छ ।    बुधबार धरान १७ स्थित एन्फा एकेडमी खेल मैदानमा भएको खेलमा धरान फुटबल क्लबलाई ३—०ले पराजीत गदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । खेलको सुरुवातमै  रन्जन विष्टले एपीएफलाई अग्रता दिलाएका थिए । उत्तराद्धको  ११ औ मिनेटमा नविन लामाको पासमा गणेश लावतीले गोल गरे । नियमित समय सकिन ६ मिनेट बाकी रहदा सन्तोष श्रेष्टको पासमा नविन लामाले अन्तिम गोल गरे
त्यसैगरी खेलको पुर्वाराद्र्ध समयमा धरान फुटबल क्लबको खेलाडि हरमन गोथेले गरेको पास इड्रक अब्बाले प्रहार गरेको बल गोल नभए पछि घरेलु टोलीले राम्रो मौका गुमाएको थियो । खेलको म्यान अफ दि म्याच एफि एफ क्लबको खेलाडि नविन लामा भएका थिए । मौसमको कारणले र खेलाडिहरुको पनि टिम सेट नभएको कारणले पनि खेल कठिन भएको धरानका प्रशिक्षक  सुवास केसिले बताए ।  एपीएफ  प्रशिक्षक  कृष्ण थापाले टिम वर्क राम्रो नै भएको कारणले खेल जित्न सफल भएको बताए । बिहिबार  मनाङ्ग मस्र्याङदी क्लब र त्रिभुवन आर्मि क्लब विच खेल हुने छ ।

Comment