मनाङ्ग मस्याङ्गदी क्लब सेमिफाईनलमा

buddha subba manag1सरीता पुमा राई
         धरान
१७ औ बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको चाथौ दिन भएको खेलमा मुनाल क्लब झापालाई २—०ले पराजित गदै मनाङ्ग मस्याङ्गदी क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।  मंगलबार धरानस्थित एन्फा एकेडमीको मैदानमा भएको खेलमा मनाङ्ग मस्याङ्गदी क्लबका लागि सीस्को र लीयोन डोडोजले गोल गरे । विजयी टोलीले २१ फागुनमा  त्रिभुवन आर्मी क्लबसंग खेल्ने छ । मस्याङ्गदी क्लबको खेलाडि सिस्कोले ४४ औ मिनटमा पहिलो गोल गरे । इन्जुरी टाईममा लियोन डोडोजले एक गोल गरेर आफनो टिमको अंक थपेका थिए ।
मुनालका खेलाडीहरुको खेल स्तरीय भए पनि गोल गर्न भने असमर्थ भएका थिए । खेलको म्यान अफ द म्याच सिस्को भए । विजयी टोलीका प्रशिक्षक  राजुकाजी शाक्यले खेलमा जिते पनि राम्रो खेल नभएको प्रतिक्रया दिए । राम्रो राष्ट्रिय खेलाडिहरु बन्द प्रशिक्षणमा रहेको  कारणले पनि त्यति राम्रो खेल खेल्न नसको उनले बताए । अर्काे मुनाल क्लब झापाको कोच गम्भिर राईले आफनो टिमको स्टाईकर राम्रो नभएको कारणले पनि खेलमा हार व्याहोर्न परेको बताए । विपक्षीकोे टिम सेट मिलेको कारणले पनि जित्न सफल भएको उनले बताए । बुधबार धरान फुटबल क्लब र एफिएफ क्लब बिच खेल हुने छ ।

Comment