उसु स्टार जुनी विवाह बन्धनमा

नेपाली उसु खेलाडी जुनी राई शुक्रवार विवाह बन्धनमा बाँधिएकी छिन् । केही समय अघि देखि धादिङका नीरज थापा मगरसँग प्रेम बन्धनमा रहेकी इलामकी जुन र निर्जले अनुशासित रूपमा आफ्नो परिवारको सदस्य (सधैँ एउटै घरमा बस्ने ) का माझमा विवाह गरेका हुन् ।
लामो समय देखि यसै मितिमा विवाहको टुङ्गो गरेका तथा प्रतिकुल अवस्था भएका कारण पूर्ण सुरक्षित रहँदै विवाह बन्धनमा बाँधिएको बताएकी छिन् । उनले आफ्ना सबै शुभेच्छुकसँग डिजिटल डिभाइसबाटै शुभकामनाको अपेच्छा गर्दै चाँडो कोरोना महामारीबाट मुक्त हुने र सबै आफन्तसँग भेटघाट हुने कुरामा आशावादी रहेको जनाएकी छिन् ।
नीरजको धादिङस्थित निवासबाट मगर संस्कृतिअनुसार उनीहरूको बिहे भएको हो । जुनी र नीरज दुवै जना नेपाल प्रहरीका असई हुन् ।
जुनी १३ औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक तथा  १२ औँ दक्षिण एसियाली खेलकुदकी रजत पदक विजेता हुन् ।
Comment