हाप्किडोले सबैलाई सुरक्षा दिने तारा मायाको विश्वास


एउटा असल र पूर्ण व्यक्ति हुनका लागि आवश्यकता के के हुन सक्छ ? सामाजिक सचेतना, मानवीय संवेदना र सहयोगी भावना । हो यी तिनै कुराले पूर्ण तारा माया थापा मगरको  पछिल्लो समय नेपाली खेलकुदमा बेजोड उपस्थिति भएको छ । एउटा असर व्यक्तिको आगमनले उनी आबद्ध खेल नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसन मात्र होइन र  गण्डकी प्रदेश खेलकुद परिषद्का लागि पनि गर्वको विषय भएको छ । आशा गरौँ, एउटा असल व्यक्तिको यो बेजोड उपस्थितिले नेपाली खेलकुदमा केही हदसम्म भए पनि सकारात्मक बाटो तय गर्ने छ ।
सन् २०१९ को अन्त्य । नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसन अन्तर्राष्ट्रिय रेफ्रि सेमिनारको आयोजनामा जुटेको थियो । एसोसिएसनका लागि तत्कालीन समयमा आयोजना स्थल कुनै आधार भूमि थिएन । तर पनि, हिम्मत गर्ने बानी परेका एसोसिएसन अध्यक्ष काली बहादुर घर्ती मगर सो सेमिनार आयोजनाका लागि तयारी गर्दै थिए ।
तारा माया थापा भने सामाजिक अभियन्ता , हरेक अन्याय र अत्याचारको विरुद्धमा सशक्त आवाज उठाउने उनको बानी । नेपालका महिला हिंसाको घटना पनि बढी रहेको थियो । यी यस खालको घटनाले उनलाई पनि सही नसक्नु हुन्थ्यो । यस बिचमा उनले हाप्किडो मार्शल आर्ट्सका बारे थाहा पाइन् । ‘ छोरी मान्छेको काम रुन्चे अनुहार लगाएर न्यायका लागि हक मात्र माग्ने होइन । भिड्नु पर्छ  ’ पछिल्ला घटनाक्रमले उनको मनले पनि यही सोच्न थालेको थियो । हरेक अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउने होइन, बलियो प्रतिकार गर्ने साहस चाहिन्छ ।
तारा मायाका मनले भन्थ्यो , ‘ हरेक आमा बाबुले छोरीलाई शिक्षासँगै मार्शल आर्ट्स पनि सिकाउनै पर्छ । ताकी कुनै पनि छोरीले अन्याय पछि न्याय माग्ने होइन, तत्कालीन समयमा बलियो प्रतिकार गरुन् । ’ यही सोचले अभिप्रेरित तारा माया लागिन्, हाप्किडो खेलमा । उनलाई  अहिले पनि के विश्वास छ, भने हाप्किडो प्रशिक्षण गरेका माथि कसैले अन्याय गर्नै सक्दैन ।


तारा मायाको यो अठोटले गण्डकी प्रदेशमा हाप्किडो एउटा बाटो तय गर्न सफल भयो । एम बी आस्थाको अध्यक्षतामा गठित प्रदेश हाप्किडो संघका तारामाया उपाध्यक्ष रहिन् । यस पछि पोखरामा राष्ट्रिय रेफ्रि सेमिनार र तत्कालै अन्तर्राष्ट्रिय सेमिनार पनि सम्पन्न भयो । १५ महिनाको अवधिमा गण्डकी प्रदेशमा १४ जना रेफ्रि छन् । १२०० भन्दा बढी खेलाडी छन् । ५० को हाराहारीमा प्रशिक्षक छन् । यत्ति मात्र होइन १५ महिना पछि काठमाडौँमा भएको बृहत् राष्ट्रिय च्याम्पियनसिपमा पनि गण्डकी प्रदेशको सशक्त उपस्थिति रहेको छ ।
तारा माया १५ वर्ष अघि नै सामाजिक अभियानमा लागेकी हुन् । महिला मानव अधिकार रक्षक सञ्जालका उनी निवर्तमान अध्यक्ष पनि हुन् । नेपाल मगर संघकी गण्डकी प्रदेश संघकी उपाध्यक्ष उनी सांस्कृतिक क्षेत्रमा पनि त्यत्तिकै सक्रिय रहेकी छिन् ।
मगर भाषाको रैया र कौरा चलचित्रकी निर्माता तारा माया अखिल नेपाल महिला संघको गण्डकी प्रदेशकी सह संयोजक रहेकी छिन् । व्यवसायमा सक्रिय उनी मेनोको फील्म्स एन्ड मिडिया हाउसकी प्रोप्राइटर हुन् । युनिक कलेक्सन एन्ड फेन्सी हाउसकी समेत प्रोप्राइटर उनको सिङ्गो जीवनको  इमानदारी र लगाव नेपाली खेलकुद मात्र नेपाली समाजका लागि अनुकरणीय बनेको छ । तीनै तारा माया गण्डकी प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य भएकी छिन् ।
आशा मात्र होइन विश्वास गरौँ, उनको उपस्थितिले खेलकुदलाई अनुशासित र सुसंस्कृत बनाउन धेरै नै सहयोग गर्ने छ ।

Comment