आर्मी बुढासुब्बाको सेमिफाइनलमा

buddhA SUBBA armyedited
सरीता पुमा राई
         धरान
१७ औ बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको दोसो दिन भएको खेलमा नेपाल आर्मीले पोखरा ११ कास्कीलाइ टाईव्रेकरमा ४–२ ले पराजित गरेको छ ।  आईतबार भएको खेलको निर्धारित समये  २ —२ गोलको बराबरीमा सकिएको थियो । टाइब्रेकरमा  े त्रिभुवन आर्मिका जितेन्द्र कार्की , हिरण्य  मगर , सन्तोष तामाङ्ग , युद्ध शाहि  र  दिपक गुरुङ्गले गोल गरे । त्यसैगरी  पोखरा ११ कास्कीका प्रदिप गुरुङ्ग,भुपाल गुरुङ्ग , राकेश गुरुङ्ग  र शिव सुवेदीले गोल गरे । टिम क्याप्टेन उत्तम गुरुङ्गले प्रहार गरेको बल त्रिभुवन आर्मि क्लबका गोलरक्षकले रोकेका थिए ।
खेलको पुर्वाराद्र्धमा  कुनै  गोल नभएता पनि खेलको उत्ताराद्र्धमा   दुबै टिमको दुई दुई गोल भएको थियो ।  उत्ताराद्र्धको पहिलो मिनेटमै  कास्कीको खेलाडी  शिव सुवेदीको पासमा राकेश गुरुङ्गले गोल गरे । कास्कीका उत्तम गुरुङ्गले अर्को गोल गरे । त्यसैगरी खेलको त्रिभुवन आर्मीका खेलाडि अमृत बस्नेतले दुवै गोल गरे । उनले दोस्रो गोल इन्जुरी समयमा गरेका थिए ।
त्यसैगरी त्रिभुवन आर्मि क्लबका कोच मेघराज केसीले पुरानो खेलाडिहरु नभएता पनि नया खेलाडिहरु राम्रो नै खेल खेलेको बताए । उनले  सेमिफाइनल खेलमा सुधार हुने बताए । पोखरा ११ कास्कीको टिमकोच राजेन्द्र तामाङ्गले मौसमको कारण र रेफ्रिको हेलचेक्राईले गर्दा खेल हारेको बताए । रेफ्रिले समान व्यवहार समेत खेलमा नदेखाएको उनले बताए । खेलको त्रिभुवन आर्मि क्लबको अमृत बस्नेत म्यान अफ दि म्याच घोषित भएका छन ।

Comment