एलजीलाई दशौं जेसीबी इन्द्रेणी एकीकृत खुल्ला सेभेन–ए–साइड फुटबलको उपाधि

pokhara seven a side

पोखरा
एलजी एशोसिएसनले पोखरामा जारी दशौं जेसीबी इन्द्रेणी एकीकृत खुल्ला सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ को उपाधि जितेको छ।
शनिबार टुँडिखेल मैदानमा भएको फाइनलमा आयोजक इन्द्रेणी क्लबलाई २–० ले पराजित गर्दै एलजी एशोसिएसनले उपाधि जितेको हो।
इन्द्रेणी एकीकृत विकास केन्द्र बगर टुँडिखेलको आयोजनामा भएको सो खेलमा एलजीको लागि प्रदीप गुरुङ र सिद्धार्थ रञ्जितले एक–एक गोल गरेका थिए। निर्धारित २५–२५ मिनेटको खेलमा प्रदीप गुरुङले ३६ र सिद्धार्थ रञ्जितले ४६ मिनेटमा गोल गरेका थिए।
विजेता टीम एलजीले उपाधिसहित एक लाख एक हजार १० रुपैयाँ, शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेतामा सीमित आयोजकले नगद ५१ हजार १० रुपैयाँमा चित्त बुझायो।

यस्तै इन्द्रेणीका बाबु मगर बेस्ट गोलकिपर, इन्द्रेणीकै सौरव मगर बेस्ट डिफेण्डर, एलजीका सिद्धार्थ रञ्जित बेस्ट स्ट्राइकर, सर्वाधिक नौ गोल गरेका संगमका राकेश गुरुङ हाइस्कोर, हिमालयन क्लब बाटुलेचौर अनुशासित टीम तथा इन्द्रेणीकै विश्वास श्रेष्ठ बेस्ट प्लयेर घोषित भए। उनीहरूलाई जनही पाँच हजार १० रुपैयाँ प्रदान गरिएको थियो।

विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि मुख्य प्रायोजक जेसीबी (एमएडब्लु अर्थ मोभर) का प्रबन्ध निर्देशक श्यामकृष्ण खड्की, पोखरा प्रमुख प्रकाश घताने, टुँडिखेल बजार व्यवसायी समितिका अध्यक्ष गणेश केसी, लान्द्रुक पेट्रोसिलम प्रालिका प्रेम गुरुङ, इन्द्रेणी एकीकृत विकास केन्द्रका सल्लाहकार नारायण चापागाई, अध्यक्ष भानुभक्त अधिकारी, प्रतियोगिता संयोजक बालकृष्ण कोइराला, सशस्त्र प्रहरी बल कालिका गणका गणपति, अनुसन्धान विभाग पोखराका प्रमुखलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।
सो अवसरमा फुटबल खेलको विकास र विस्तारमा महŒवपूर्ण योगदान पु¥याएको भन्दै प्रदीपकुमार राई ‘दाह्रासिंह’ लाई सम्मान गरिएको थियो।

यसैबीच शनिबार भएको नेपाल खेलकुद पत्रकार मञ्च कास्की र आयोजक इन्द्रेणी क्लबबीच मैत्रीपूर्ण फुटबल खेलमा नेपाल खेलकुद पत्रकार मञ्च कास्की विजयी भएको छ।निर्धारित २०–२० मिनेटको खेल दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। निर्धारित समयमा मञ्चको तर्फबाट कप्तान सुरज श्रेष्ठले दुवै गोल गरेका थिए भने इन्द्रेणीको तर्फबाट विजय गुरुङ र शिवराज अधिकारी अधिकारीले गोल गरेका थिए। टाइब्रेकरमा पनि दुई–दुईको बराबरी भएपछि सडन डेथमा जाँदा मञ्च ३–२ ले विजयी भएको हो।सडन डेथमा मञ्चको लागि प्रभु अधिकारीले निर्णायक गोल गरेका थिए।
फागुन ७ गतेदेखि सञ्चालित सो प्रतियोगितामा ३२ टीमको सहभागिता रहेको थियो।

Comment