पारा माउन्टका अन्रर्ताष्ट्रिय पदक विजेता सम्मानित

1(6)
नयाँ बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले छैटौं खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिबार सम्मान गरेको छ ।        बाँकेको नेपालगन्जमा गत माघ २२ र २३ गते भएको उक्त च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बन्दा पारामाउन्टका खेलाडीले सर्वाधिक ६ स्वर्ण जितेका थिए । पारामाउन्टका खेलाडीले थप ७ रजत र ५ कांस्य पनि प्राप्त गरेका थिए । भारत दोश्रो र बंगलादेश तेश्रो भएका थिए ।
सागर न्यौपानेले २ तथा गणेश भण्डारी, सुवास घले, शंकर भण्डारी र सोनु थापाले १–१ स्वर्ण जितेका थिए । प्रेम बुढा मगर र दीपिका खत्रीले २–२ तथा अनिश ठाकुर, नमराज गुरुङ र मिलन तामाङले १–१ रजत जितेका थिए । त्यस्तै सागर भेटवाल, थमन पुन, विशाल तामाङ, विशाल गुरुङ र गोविन्द विकले १–१ कांस्य हात पारेका थिए । टिम प्रशिक्षक सुमन तिमल्सिना पनि सम्मानित भए ।
त्यस्तै कराते खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याएवापत एकेएफ रेफ्री प्रकाशमोहन धौबडेल, एकेएफ जज एवं बालाजु कराते एकेडेमीका अध्यक्ष ध्रुवविक्रम मल्ल, एकेएफ जज, नेपाल सोतोकान कराते संघ (जेएसकेए) का महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पा, एकेजएफ जज, दक्षिण एसियाली गोजुरियो केन्वाकाई तथा जापान गोजुरियो केन्वाकाई कराते संघ नेपालका प्रमुख प्रशिक्षक विशनसिंह खड्का तथा एकेजएफ जज, नेपाल गोजुरियो कराते संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बिआर मित्रलाई पनि सम्मान गरियो ।
पारामाउन्टको ११ औं अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले उनीहरुलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा करातेको विकास र विस्तारमा योगदान पु¥याएको भन्दै जापान गोजुरियो केन्वाकाई कराते संघ नेपालले पारामाउन्ट एकेडेमीलाई सम्मान गरेको थियो । मन्त्री रिजालले पारामाउन्टका संस्थापक प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेलाई संघको तर्फबाट सम्मान पत्र हस्तान्तरण गरे । सो अवसरमा पारामाउन्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सभासद् जगदीश्वरनरसिंह केसी, पारामाउन्टका संस्थापक निर्देशक प्रमोद पाण्डे लगायतको उपस्थिति थियो ।
 

Comment