बुढासुब्बाको तयारी पुरा

buddha subba
सरीता पुमा राई
१७ औ बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता धरान फुटबल क्लबको आयोजानमा शनिबार देखि सुरु हदैछ । आयोजकले शुक्रबार  पत्रकार सम्मेल्न गरी प्रतियोगिता  फागुन १६  गते  देखि २३ गते सम्म संचालन हुने जानकारी दिएको हो । प्रतियोगिता धरान १७ स्थित एन्फा एकेडमी टेक्नीकल सेन्टरमा हुने भएको छ । प्रतियोगिताको पहिलो खेलमा धरान फुटबल क्लब धरान र लिस्नु क्लब रुपन्देही विच खेल हुने  छ । प्रतियोगिताको लागि सबै  तयारी भईसकेको  धरान फुटबल क्लबको अध्यक्ष किशोर राईले बताए ।  खेल उद्घाटनमा अन्य खेलको विधाको खेलाडिहरुले पनि मार्चपास गर्न उनले बताए ।
कार्य्रकममा नेपाली तारा सिजन ३ का टप ५ मा पर्न सफल भएका देवेस राई र गायक  मनोज मोतेको गितहरु प्रस्तुत रहने समेत उनले बताए । प्रतियोगितामा पहिलाको भन्दा यस पटक धेरै दर्शकहरु आउने उनले बताए । पहिला चैतको बेला हावाहुरीले  दर्शकहरुलाई खेल हेर्न गाह्रो हुने भएकोले कम आउने गरेको उनले बताए । तर समयमा नै यस पटक गोल्डकप हुने भएकोले मौसमले पनि साथ दिएको कारणले दर्शकहरु पहिलाको तुलनामा यसपटक धेरै नै आउने उनले बताए ।
प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी ८ वटा क्लबहरुको सहभागिता  रहने छ ।  प्रतियोगितामा धरान फुटबल क्लब धरान ,लिस्नु क्लब रुपन्देही , एफिएफ काठमाण्डौ , बेलगरिया स्पोर्टिङ्ग क्लब कोलकोता ,भारत ,  ,मनाङग मस्र्याङदी क्लब, काठमाण्डौ   त्रिभुवन आर्मी क्लब काठमाण्डौ,  पोखरा ११ कास्की , मुनाल क्लब झापा क्लबका अध्यक्ष किशोर राईले जानकारी  दिए ।
प्रतियोगिताको पुरस्कार राशी यस बर्ष पनि बढाएको क्लबको अध्यक्ष राईले जानकारी दिए ।  संस्करण प्रतियोगिताको विजेताले  ३ लाख ६०  हजार तथा उपविजेताले  १ लाख ८० हजार रुपैया पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई यामाहा मोटर साईकल प्रदान गरिने भएको छ । त्यसै गरि उत्कृष्ट गोलकर्ता हुने खेलाडीलाई नगद २१ हजार , उत्कृष्ट गोलकिपर हुने खेलाडिलाई नगद १० हजार , उत्कृष्ट डिफेन्स हुने उत्कृष्ट कोच नगद १० हजार  उत्कृष्ट मिड फिल्डर नगद १० हजार  र उत्कृष्ट स्ट्राईकर हुने खेलाडि  नगद १० हजार प्रदान गरिने भएको छ ।  त्यसैगरी  प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ५ हजार पुरस्कार रहेको उनले जानकारी दिए  । २०५५ सालमा पहिलो संस्करण  शुरु भएको थियो ।

Comment