स्युचारटारका खेलाडीको बिदाइ

सुर्खेतमा आयोजना हुने महिला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने  स्युचाटार तेक्वान्दो डोजाङले बिदाइ गरेको छ । नागार्जुन नगरपालिका वडा नं ९ का अध्यक्ष रामकृष्ण भट्टराइले बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा तारेकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकी र डोजाङ अध्यक्ष ईश्वर विडारीको पनि उपस्थिति थियो ।
शुक्रवार सुरु हुने प्रतियोगितामा स्युचारटाको प्रतिनिधित्व गर्दै  क्योरोगीमा २ तथा पुम्सेमा ६ खेलाडीले सहभागिता जनाउने छन् ।टोलीलाई अस्मिन राउतले प्रशिक्षण दिने छन् ।
Comment