तिन नेपालीले जिते पदक

अमेरिकामा भएको २०२१ उथाह अन्तर्राष्ट्रिय तेक्वान्दो ओपन च्याम्पियनसिपमा तिन नेपाली खेलाडीले पदक जितेका छन् । नेपालका सञ्जीव नेपाली र प्रेम कुमार दर्नालले स्वर्ण तथा सन्दिपा अमगाँइले रजत पदक जिते । सो पुम्से च्याम्पियनसिपको ३१ देखि ४० वर्ष उमेर समूहमा सञ्जीवले स्वर्ण जिते । सो स्पर्धामा अमेरिकाका जोन स्वेनीले रजत पदक जिते ।
प्रेमले ४१ देखि ५० उमेर समूहमा स्वर्ण जिते । सो स्पर्धामा अमेरिकाका रेन केफेले रजत जिते ।
सन्दिपाले १८ देखि ३० वर्ष उमेर समूहमा रजत पदक जितिन् । सो उमेर समूहमा सिंगापुरमा पो वान जर्जीयाले रजत पदक जिते ।
प्रतियोगितामा नेपाल, अमेरिका,फिलिपिन्स, स्लोभानीया,इन्डोनेसिया र सिंगापुरका समेत कुल ५११ खेलाडीको सहभागिता थियो ।
Comment