प्राविधिक समितिको विवादास्पद कदम

अखिल नेपाल फुटबल सङ्घको प्राविधिक समिति फेरी एक पटक विवादमा आएको छ । काठमाडौँमा आयोजना हुने फ्रेन्चाइज एनएसएलका लागि काठमाडौँ रेजर्सले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनलाई प्रशिक्षक चयन गरे पछि एन्फाको प्राविधिक कमिटी विवादमा आएको हो ।
बिहीबार रेजर्सले पत्रकार सम्मेलनको आयोजना गर्दै बाल गोपाल मुख्य प्रशिक्षक तथा विकेश कुथु मार्की खेलाडी भएको घोषणा गरेको हो । साथै रेजर्सले एन्फाका लिग कमिटीका संयोजक विज्ञान राज शर्मालाई टिमका कार्यकारी अध्यक्षमा चयन गरेको छ ।
महर्जनले अर्को साता हुने त्रिदेशीय खेल पछि मात्र रेजर्सको जिम्मेवारी सम्हाल्ने बताए । संसारमै राष्ट्रिय टोलीका प्रशिक्षक भइरहेकै समयमा फ्रेन्चाइज या अन्य कुनै क्लबमा आबद्ध हुने यो दुर्लभ घटना नेपालमा भएको हो । फुटबललाई नजिकबाट नियाल्नेहरू एन्फाको प्राविधिक कमिटी नै गैर जिम्मेवार भएको बताउँछन् ।
Comment