केएमसीका सुरज पहिलो

suraj1
केएमसीका सुरज लोहनीले हिसान राष्ट्रिय खेलकुदको बुद्धीचाल उपाधि शनिबार जितेका छन् । उनले सात चरणको खेलमा ६ अंक जोडे उपाधि आफ्नो नाममा लेखाए ।
यसैगरी गोल्डेजगेट इन्टरनेसनल कलेजका एलन आङदम्बे ६ अंक जोड्दै दोस्रो भए । सुरजले प्राग्रेसिभको आधारमा एलनलाई पछि पारेका हुन् । सिसिआरसीका राज प्रजापती, प्रीमीयरका नवल घिमिरे र गोल्डेनगेटका प्रसान्त थापा ५ अंक सहित तेस्रो देखि पाचौं भए । प्रतियोगितामा अक्सब्रिजका सञ्जय ढुंगाना,ह्वाइटफिल्डका प्रसान्त शाही,गोल्डेनगेटका विसाल तीबारी, र जेभिएरका सञ्जय श्रेष्ठ पाच अंक जोड्दै शिर्ष १० मा अटाए । ५ अंक जोडेकी अन्नपूर्ण उच्च माबीकी आरती पाण्डे उत्कृष्ट महिला भइन् । ४.५ अंक जोडेका मेघा कलेजका आशिष दाहालले १० औ पुरस्कार पाए । विजेतालाई हिसानका उपाध्यक्ष रमेस सिलवाललगायतले पुरस्कार प्रदान गरे ।

Comment