वीरमानका परिवारलाई आर्थिक सहयोग

उसुका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय दिवङ्गत वीरमान वाइवाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाल उसु महासङ्घका पदाधिकारीबाट सङ्कलित रकम बुधवार काभ्रेमै पुगेर वीरमानका परिवारलाई हस्तान्तरण गरिएको हो ।

महासङ्घका पदाधिकारीबाट सङ्कलित ८० हजार रुपैयाँ बुधवार आयोजित कार्यक्रममा नेपाल उसु महासङ्घका अध्यक्ष वीरबहादुर लामा र महासचिव लाक्पा शेर्पाले स्वर्गीय वाइवाका परिवारलाई हस्तान्तरण गरेका थिए ।

सङ्कलित रकम हस्तान्तरण गर्दै महासचिव शेर्पाले अहिलेको असहज परिस्थितिमा पनि वीरमानले नेपाली खेलकुदमा पुर¥याएको योगदानको उच्च सम्मान गर्दै सबै पदाधिकारी मिलेर सानो सहयोग गरेको बताए । उनले वीरमानको निधनबाट नेपाली खेलकुदले निकै प्रतिभा वान खेलाडी गुमाएको बताए ।

स्वर्गीय वाइवाका दाजु किसन वाइवाले विषम परिस्थितिमा पनि महासङ्घले भाइको योगदानप्रति सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे । उनले वीरमानको स्मृतिमा प्रतिष्ठान गठन गरिने जानकारी पनि दिए ।

Comment