थ्रीस्टार क्लब १३ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा
प्रेमनारायण न्यौपाने
पोखरा
विभागीय टीम नेपाल पुलिस क्लबलाई हराउँदै थ्रीस्टार क्लब पोखरामा जारी १३ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता–२०७१ को फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको पहिलो सेमिफाइनलमा सर्वाधिक पाँचपटकको विजेता पुलिसलाई १–० ले हराउँदै तीनपटकको उपाधि विजेता थ्रीस्टार क्लब फाइनलमा प्रवेश गरेको हो। थ्रीस्टारको जीतमा सब्स्टिच्युट प्लेयर प्रकाश बुढाथोकीले निर्णायक गोल गरे।
जगजीत श्रेष्ठको स्थानमा ६४ औ मिनेटमा मैदान छिरेका प्रकाशले ८५ औ मिनेटमा गोल गरेका थिए। मैदान छिरेको २१ मिनेटमा गोल गरेका प्रकाशले करिब ३७ यार्डबाट हानेको प्रहार पुलिसका अनुभवी गोलकिपर रितेश थापालाई जिल्याउँदै सेकेण्डबारबाट गोलमा परिणत भएको थियो । ११ औं आहा गोल्डकपमा आयोजक सहारा क्लबलाई १–० ले पराजित गर्दै तेस्रोपटक उपाधि जिते यता थ्रीस्टार क्लबको फाइनल यात्रा दुई वर्षपछि पहिलो हो। अब थ्रीस्टारले शुक्रबार हुने मनाङमस्र्याङ्दी क्लब र सुदूरपश्चिमाञ्चल फुटबल क्लबबीचको विजेतासँग शनिबार उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ।
यसअघि पोखरामै पाँचौंपटक आमनेसामने भएकोमा पुलिसले चार खेलमा बाजी मारेको थियो भने थ्रीस्टारले एकपटकमात्र जित हात पारेको थियो। आहागोल्ड कपमा भने चारपटक आमनेसामने भएका छन्। तेस्रो संस्करणमा पुलिसले थ्रीस्टारलाई सेमिफाइनलमा २–१ ले हराएको थियो भने छैटौंमा पुलिसले उपाधि जित्दा थ्रीस्टार क्वाटरफाइनलमा १–० ले निराश भएको थियो।यस्तै सातौं संस्करणमा पनि पुलिसले उपाधि जित्दा थ्रीस्टार क्वाटरफाइनलमै २–० ले हारेको थियो। नवौं संस्करणमा भने थ्रीस्टारले उपाधि जित्दा पुलिस सेमिफाइनलमा १–० ले स्तब्ध भएको थियो। एकमहिना अघि पोखरामै सम्पन्न मनकामना केलबकार पोखराकपको फाइनलमा पनि पुलिसले थ्रीस्टारलाई फाइनलमा टाइब्रेकरमा ४–३ ले निराश पारेको थियो। यसै हप्तामात्र इलाममा सम्पन्न माइभ्याली कपको सेमिफाइनलमा थ्रीस्टारले पुलिसलाई टाइब्रेकरमा ४–२ ले हराएको थियो।
बिहिबारकोे खेलमा थ्रीस्टार धेरै हाबी भएको थियो । एक महिनाअघि पोखराकपको चौथो संस्करणको फाइनलमा घाइते भएका जुमनु कुनै पनि समय आफू फिट भएको प्रमाणित गर्न सकेनन्। त्यसको तुलनामा थ्रीस्टारले गोल गर्ने थुप्रै मौका पाए पनि पुलिसका गोलकिपर रितेश थापा बाधक बने। थापा सो खेलको म्यान अफ दी म्याच पनि घोषित भए।
पहिलो हाफमा थ्रीस्टारले तीनवटा राम्रो अबसर गुमाएको थियो । १३ औ मिनेटमा सन्दीप राईको क्रस डिबक्सभित्र पाए पनि विजय गुरुङ, जगजीत श्रेष्ठ र रञ्जित धिमाल अलमलिए। सिक्सयार्ड बक्सनजिक वानटच प्रहारको लागि तीनैजना खेलाडी अलमलिँदा गोलकिपरले चलाखी अपनाउँदै बल नियन्त्रणमा लिए।३० औ मिनेटमा जगजीतको क्रसमा सन्तोष साहुखलले डिबकससभित्रबाट हानेको प्रहारलाई गोलकिपर रितेशले पञ्च गरेर विफल पारिदिए।३१ मिनेटमा सन्दीप राईको क्रसमा बल पुलिसका निरकुमार राईलाई विट गर्दै नियन्त्रणमा लिएर विजय गुरुङले हानेको एक्रोवेटिक प्रहार सेकेण्डबार हुँदै बाहिरियो।३५ मिनेटमा भिक्टोरको प्रहारलाई किपरले नै पञ्च गरेर फाले। फस्ट हाफमा पुलिसले गोलका कुनै पनि मुभ बनाउन सकेन।जुमनु राई र भरत शाहले कुसनै पनि लोभलाग्दो प्रदर्शन गर्न सकेनन्।
सेकेण्ड हाफमा पनि थ्रीस्टारले विपक्षीविरुद्ध उस्तै खेल दोहो¥यायो।५८ मिनेटमा सन्दीप राईको लामो पासलाई हेड कन्ट्रोल गर्दै सिक्सयार्ड बक्सनजिकै पु¥याएको सन्तोषको बल गोलकिपरले समाते।६१ मिनेटमा भिक्टोरको क्रसमा सन्तोषको हेड डिÇलेक्ट हुँदै क्रसबारमाथिबाट गयो।६३ मिनेटमा भोल सिलवालले करिब २३ यार्डबाट हानेको फ्रिकिक प्रहारलाई विक्रम लामाले हेड गरे पनि हाफक्लियर बललाई भिक्टोरले असफल पारिदिए। ७१ मिनेटमा प्रकाश बुढाथोकीले करिब ३९ यार्डबाट हानेको लामो पावर फ्रिकिकलाई गोलकिपर रितेश थापाले बचाए। ८१ मिनेटमा करिब २७ यार्डबाट रजित धिमालले हानेको फ्रिकिक किपरले नै मुस्किलले बचाए।
हारपछि पुलिसका मेनेजर हरि खड्काले खेल ५०–५० भए पनि अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए।उनले सेकेण्ड हाफमा एक–दुईवटा चान्स पाए पनि गोलमा परिणत हुन नसकेको बताए।‘खेल फिप्टी–फिप्टी हो, दुवैले केही चान्स पाएको हो, अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा गोल खायौं’–उनको भनाइ थियो–‘जुमनु राई पुलिसको भाइटल प्लयेर हो, उसलाई बाहिर राख्दा डिफेन्सलाई दबाब हुन्छ भनेर नै घाइते हुँदाहुँदै पनि पूरै समय खेलाएको बताए।
जीतपछि थ्रीस्टारका प्रशिक्षक अञ्जन केसीले फस्ट हाफमा खेलाडीबीच तालमेल राम्रो मिलेको र तीन–चारवटा चान्स पाए पनि गोल हुन नसकेको बताए।‘वर्षौभरि ट्रेनिङ गरेर बस्ने पुलिसको खेल ब्रेक गर्न जुनसुकै टीमलाई पनि गाह्रो हुन्छ, आज हामीलाई पनि त्यही भयो’–‘पुलिसका खेलाडीले ज्यान दिएर खेल्छन्, त्यस्तो अवस्थामा ब्रेक गर्न गाह्रो हुन्छ।’ उनले फाइनलमा मनाङ या सुदूपश्चिमाञ्चल जो आए पनि आफूहरूलाई गाह्रो नहुने बताए।
सो खेलमा थ्रीस्टारका विजय गुरुङ, सन्तोष साहुखलर विक्रम लामा तथा पुलिसका सुरज विक र अर्विन चाहरलाई फिफा रेफ्री लव खत्रीले एलोकार्ड देखाएका थिए।
हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद तीन लाख एक हजार तथा उपविजता टीमलाई नगद दुई लाख एक हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै उत्कृष्ट खेलाडीलाई टिभिएस मोटरसाइकल प्रदान गरिनेछ भने विधागत रूपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर र फेयर प्ले टीमलाई जनही १० हजार तथा हाइस्कोररलाई नगद १५ हजार पुरस्कार प्रदान गरिनेछ।शुक्रबार तीनपटकको विजेता मनाङमस्र्याङ्दी क्लब र पहिलोपटक सहभागी सुदूरपश्चिमाञ्चल फुटबल क्लबबीच दोस्रो सेमिफाइनल खेल हुने प्रतियोगिता संयोजक हरिराम गुरुङले जानकारी दिए।तस्बिर सौजन्यः उमेस पुन