पर्शुरामले प्रिमियर लिग खेल्ने

10(1) edited
पर्शुराम बाँस्तोलाले ३९ औं डच खुला प्रिमियर लिग कराते प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता फेब्रुअरी १४ र १५ तारिखमा नेडरल्यान्डको अल्मेरीमा हुँदैछ । पर्शुरामले पुरुष एकल कातामा नेपालको चुनौती प्रस्तुत गर्ने छन्् ।
दुई सदस्यीय नेपाली टोलीको नेतृत्व नेपाल कराते महासंघका महासचिव, वादोरियो करातेका प्रमुख प्रशिक्षक एवं दक्षिण एसियाली वादोरियो कराते महासंघका अध्यक्ष हरिशरण केसीले गर्नेछन् ।
टोलीलाई नेपाल कराते महासंघका अध्यक्ष एवं एसियाली प्यासिफिक सितोरियो कराते महासंघका प्रथम उपाध्यक्ष दावा गुरुङले बुधबार बिदाइ गरे । टोली बिहीबार जाँदैछ ।

Comment