उपाध्यक्ष भण्डारीको प्रदेश तेक्वान्दोबाट सम्मान

Manoj Shiama
17 October, 2019 4:22 am

राजन सिंह भण्डारी सिटिजन इन्टरनेशनल बैङ्कको अध्यक्ष भएकोमा नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं ३ को तर्फ बाट स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरियो । ।
भण्डारी नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं ३ का उपाध्यक्ष समेत हुन् । सो सम्मान कार्यक्रममा कार्यक्रममा नेपालको लागी ओलम्पिक पदक विजेता विधान लामाको पनि उपस्थिति रहेको थियो। सो समारोहमा अध्यक्ष राजन सिंह भण्डारीलाई नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं ३ का अध्यक्ष केशव पुरी र ओलम्पिक पदक विजेता विधान लामा द्वारा संयुक्त रूपमा खादा माला र सम्मान पत्र ले स्वागत तथा सम्मान गरिएको थियो। सो अवसरमा उपाध्यक्ष प्रकाश खड्की, मांधब नेपाल महासचिव राजेश प्रजापति तथा केन्द्रीय सदस्य प्रदेश पदाधिकारी सदस्यहरू, जिल्ला अध्यक्षहरू साथै अन्य बिसिषट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा आइएनटिएको तर्फबाट समाजसेवी अनिल गुरुङलाई मानार्थ पाचौ डान ओलम्पिक विजेता विधान लामाले प्रदान गरे । यसै गरी चार जना विदेशमा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरू लाई बिदाइ गरिएको थियो।
सो अवसरमा नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश समसेर राणाको समेत उपस्थिति रहेको थियो ।