लामा न्युयोर्क जाने

10 edited
सातोकान कराते डो संघ नेपालका महासचिवएवं प्रमुख प्रशिक्षक जुगबहादुर लामा अमेरिकाको न्युयोर्क जाने भएकाछन् ।
न्युयोर्कमा फेब्रुअरी २८ देखि मार्च १ तारिखसम्महुने न्युयोर्क ओपन इन्टरनेसनल कराते मिट– २०१५मा सहभागी हुन लामा त्यसतर्फ जान लागेकाहुन् । मिटका दौरान सेमिनार र प्रतियोगिताहुनेछ । लामाले सेमिनारमा सहभागिता जनाउनुका साथै प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गर्नेछन् । यसअघि पनि लामाले अमेरिकामा २०१४ को जुन ६ देखि १३ तारिखसम्म भएको अन्तर्राष्ट्रिय मास्टर क्याम्पमा सहभागिताजनाएकाथिए ।
न्युयोर्क जानुअघिलामा फेब्रुअरी २२ देखि २३ तारिखसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय कराते मिटमा सहभागी हुन फेब्रुअरी १९ तारिखमाभारतको मुम्बई जाने छन् । मुम्बईबाटै लामा फेब्रुअरी २५ तारिखमा न्युयोर्क जाने कार्यक्रम छ ।

Comment