एभीएम र सुनखरी सेमिफाइनलमा

एभीएम र सुनखरी सत्यनारायण स्मृति राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको ब्वाइज टिम इभेन्टमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
एभीएमले ब्लुबर्डलाई ३–० तथा सुनखरीले डिपीएसलाई ३–१ को सेटमा पराजित गरे । सोही स्पर्धामा युरो किड्स र पब्लिक एकेडेमी पनि सेमिफाइनलमा पुगे ।
यु–१४ ब्वाइज सिंगल्समा पुष्पसदनका सिद्धार्थ तामाङ, पब्लिकका सरुण श्रेष्ठ, डिपीएसका रिहान्त बस्नेत र पब्लिकका नवराज राई सेमिफाइनलमा पुगे । उक्त स्पर्धाको गल्र्समा एभीएमकी इभाना थापा मगर, जनकनाथकी इना डंगोल, प्रभातमी आरती सुवाल र प्रोक्सिमाकी दिया देउला सेमिफाइनलमा पुगे ।
यु–१६ ब्वाइज सिंगल्समा एभीएमका विशाल गोले, युरो किड्सका विश्व बानियाँ, एभीएमका रुविन महर्जन र एभीएमका सुजन गडाल सेमिफाइनलमा पुगे । सो स्पर्धाको गल्र्समा एभीएमकी समिरा श्रेष्ठ, प्रभातकी कृतिका तामाङ, ब्लुबर्डकी प्रनिका कुँवर र जुगलकी अशिका थापाले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

Comment