१३ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिता लुम्बिनी एफसीविरुद्ध झापा–११ को फराकिलो जीत

aahararaप्रेमनारायण न्यौपाने
पोखरा
‘हाम्रो केटाहरूमा अहम्ता बढी भयो, राष्ट्रिय लिगमा बलियो टीम पुलिसविरुद्ध १–० को जीत तथा मनाङमस्र्याङ्दीसँग १–० ले हा¥यौं, त्यसपछि पोखराको टाइसिट समयमै ननिस्कँदा दुई उनीहरूलाई दिन छुट्टि दियौं, त्यसैमा धेरै लापरबाही भयो, सबैमा फिटनेशको कमजोरी देखियो’–पोखरामा जारी १३ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार झापा–११ सँग ४–० को फराकिलो हार बेहोरेपछि पोस्टम्याच कन्फेरेन्समा गम्भीर मुद्रामा देखिएका जगदम्बा लुम्बिनी फुटबल क्लबका प्रशिक्षक यामप्रसाद गुरुङ यसो भन्दै थिए।
खेलमा हारेपछि कुनै पनि प्रशिक्षकले खेलाडीमाथि त्यत्तिकै यस्तो आरोप लगाउँदैनन्। तर उनको यो आरोप कुनै नौलो भने होइन, नेपाली खेलाडीमा यस्तो प्रायः भइरहने गर्छ।पहिलो पटक राष्ट्रिय लिगमा सहभागिता जनाएको लुम्बिनी एफसीले दुई खेलमा तीन अड्ढ जम्मा गरेको छ।हुन त क्याराभानसहित आहा गोल्डकपमा रुपन्देही–११को नाउँमा नौपटक सहभागी भएको उसले दुई पटकबाहेक पहिलो चरण पार गर्न सकेको छैन। तर बिहीबारको खेलमा भने उसले झापाविरुद्ध पूरा ९५ मिनेट विर्सनलायक प्रदर्शन ग¥यो। फस्ट हाफ गोलरहित बराबरीमा रोके पनि सेकेण्ड हाफको पाँच मिनेटपछि गोल खान सुरु गरेको उसले इन्जुरी समयसम्म गोल खाइरह्यो। मनाङका पूर्व विङ्गर अमिर श्रेष्ठले पनि कुनै कमाल देखाउन सकेनन्।फस्ट हाफमा बलियो देखिएको डिफेन्स लाइन पनि सेकेण्ड हाफमा मिडफिल्ड र स्ट्राइकिङ लाइनसँगै विपक्षीको सामु पूरै असफल देखियो।
उता राष्ट्रिय लिगको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग १–० को हार बेहोरेको झापाले फस्ट हाफमा फितलो प्रदर्शन गरे पनि सेकेण्ड हाफमा भने राम्रो खेलेको थियो। झापाका अधिकांश खेलाडी सफल कपमा एभरेष्ट फुटबल क्लब हङकङबाट खेलेका थिए।बिहीबार भएको खेलमा झापाले चारै गोल सेकेण्ड हाफमा गरेको थियो।झापाको जीतमा म्यान अफ दी म्याच कर्ण लिम्बु, विशाल राई र योगेश गुरुङले एक–एक गोल गरेका थिए भने अर्को एक गोल लुम्बिनी एफसीका रबि सिलवालले आत्मघाती गरेका थिए।
फस्ट हाफमा झापाले आधा दर्जन प्रहार गरेको थियो विपक्षी पोस्टमा। कर्ण लिम्बु, विशाल राई, योगेश गुरुङ, दिनेश कार्की, नरेन्द्र लिम्बु र दिलन मोक्तानका सबै प्रहार विफल भए। १४ मिनेटमा कर्णको उत्कृष्ट पासमा विशाल राईले डिबक्सभित्रबाट फितलो प्रदर्शन गरे।२२ मिनेटमा योगेशले डिबक्सभित्रबाट गरेको प्रहारलाई लुम्बिनीका उत्तम गुरुङले क्लियर गरिदिए। २६ मिनेटमा दिनेश कार्कीको कर्नरमा नरेन्द्र लिम्बुको प्रहारले सेकेण्डबार रोज्यो। ३५मिनेटमा दिलनको क्रसमा नरेन्द्रको एक्रोव्याटिक प्रहारलाई विपक्षी गोलकिपर दीलिप क्षत्रीले समाते।३८ मिनेटमा दिलनकै फ्रिकिक गोलकिपरबाट रिबाउण्ड भएपछि विशालले पोस्टमा वान टच प्रहार गरे पनि ल सेकेण्डबार हुँदै बाहिरियो। त्यसको तुलनामा लुम्ब्निी एफसीले मात्र दुईवटा मौका पायो। २८ मिनेटमा अमिर श्रेष्ठको क्रसमा सिक्सयार्ड नजिकैबाट गरेको अजय विकको हेडिङ गोलपिकर दिनेश थपामगरले नियन्त्रणमा लिए।४४ मिनेटमा अजयको पासमा विश्वास श्रेष्ठले डिबक्सभित्रबाट हानेको प्रहार सेकेण्डबार हुँदै बाहिरियो।
सेकेण्ड हाफमा भने झापाले एकतर्फी खेल प्रदर्शन गरेको थियो। ५० मिनेटमा दिनेश कार्कीको क्रसमा विशाल राईले मिलाइदिएको छोटो पासलाई कर्ण लिम्बुले गोलको दिशा दिलाए।६० मिनेटमा लुम्बिनीका लक्ष्मण रुचालको कर्नरमा कालु थापाको हेडिङ गोलकिपरले जम्प गरेर मुस्किलले नियन्त्रणमा लिए।६६ मिनेटमा झापाले दोस्रो गोल गर्यो । कर्ण लिम्बुको क्रसमा विशाल राईले एक्रोव्याटिक प्रहार गर्दै बललाई जाली चुमाए।१६ मिनेटभित्र दुई गोल खाएको लुम्बिनीले ७७ मिनेटमा विपक्षीलाई आत्मघाती गोल उपहार दियो। कर्ण लिम्बुको शक्तिशाली प्रहार गोलकिपर दीलिपले समात्न खोज्दा फुत्किएपछि त्यसलाई क्लियर गर्ने क्रममा सेकेण्ड लास्ट डिफेण्डर रबि सिलवालको खुट्टामा लागेर बल आफ्नै पोस्टमा छि¥यो।७९ मिनेटमा विशाल राईको पावर भलि किपरले नियन्त्रणमा लिँदै विफल पारिदिए।८९ मिनेटमा सब्स्टिच्युट बुद्ध चेम्जोङको पावरसुट गोलकिपरले पञ्च गरेर क्रसबारमाथिबाट फालिदिए। चार मिनेट थपिएको इन्जुरी समयको दोस्रो मिनेटमा झापाले चौथो गोल ग¥यो।वान भर्सेस वान बललाई सिक्सयार्ड बक्सभित्रबाट गोलकिपरलाई जिल्याउँदै योगेशले फस्टबारमै जाली चुमाए।
जीतपछि झापा–११ का प्रशिक्षक भगीरथ आलेमगरले सेकेण्ड हाफकापहिलो गोल खाएपछि विपक्षी टीमले रफ एण्ड टफ म्याच खेलेको आरोप लगाए। उनको भनाइ थियो–‘फस्ट हाफमा ६०–४० को म्याच थियो, हामीले चान्स पाए पनि गोल गर्न सकेनौं, सेकेण्ड हाफमा पहिलो गोल खाएपछि विपक्षी टीमले रफ एण्ड टफ म्याच खेल्यो, त्यसको फाइदा हामीले लिन सक्यौं।’ उनले चारैतिर गेम हुनु र आयोजकबाट अगाडि टाइसिट नपाएका कारण छोटो सम्पर्कका आधारमा हिँड्नुपर्दा खेलाडी केही थाकेको बताए।खेलाडीको पफर्मेन्समा त्यत्ति सन्तुष्ट नदेखिएका प्रशिक्षक आलेले मिडफिल्डले स्ट्राइकरलाई बलमा सपोर्ट गर्न नसकेको बताए।
सो खेलमा लुम्बिनी एफसीका अमिर श्रेष्ठ र कालु थापा तथा झापा–११ का देवेन्द्र तामाङलाई फिफा रेफ्री सुदिश पाण्डेले एलोकार्ड देखाएका थिए।
हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद तीन लाख एक हजार तथा उपविजता टीमलाई नगद दुई लाख एक हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै उत्कृष्ट खेलाडीलाई टिभिएस मोटरसाइकल प्रदान गरिनेछ भने विधागत रूपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर र फेयर प्ले टीमलाई जनही १० हजार तथा हाइस्कोररलाई नगद १५ हजार पुरस्कार प्रदान गरिनेछ।
७३ लाख ३४ हजार एक सय खर्च तथा ९५ लाख ९७ हजार आम्दानी हुने अपेक्षा गरिएको प्रतियोगितामा प्रत्येक क्लबलाई एक खेल खेलेबापत अतिरिक्त रकम प्रिक्वाटर विजेता टीमलाई १५ हजार, पराजित टीमलाई १० हजार, क्वाटरफाइनल विजेता टीमलाई २० हजार, पराजित टीमलाई १५ हजार र सेमिफाइनल विजेता, उपविजेता टीमलाई २५ हजार म्याच मनि उपलब्ध गराइने क्बले जनाएको छ।
शुक्रबार गत वर्षको उपविजेता लक्ष्मी हुण्डाई मनाङमस्र्याङ्दी क्लब र भारत सिलीगुढीको कञ्चनजंगा फुटबल क्लबबीच पहिलो चरणको अन्तिम खेल हुने प्रतियोगिता संयोजक हरिराम गुरुङले जानकारी दिए।  तस्विर सौजन्यः उमेश पुन

Comment