फुटबलमा समर्पीत तण्डुकारको सम्मान

tandukar

पोखरा
सहारा क्लबको आयोजना तथा हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा पोखरामा जारी १३ औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगितामा भूपू राष्ट्रिय खेलाडी एवं भूपू राष्ट्रिय रेफ्री विश्व तण्डुकार सम्मानित भएका छन्। उद्घाटन समारोहमा उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेका थिए।
एथलेटिक्सका कुशल खेलाडी तथा फुटबलका रेफ्रि तण्डुकार सानै उमेरदेखि खेलमा सक्रिय थिए । बाबु स्व. सन्तलाल तण्डुकार र आमा रमा तण्डुकारको कोखबाट वि.सं. २०२७ साल पुस ३० गते पोखरा उप–महानगरपालिका वडा नं. १० रामबजारमा जन्मिएका तण्डुकार २०४५ सालमा भएको विद्यालयस्तरीय अन्तरमावि फुटबल प्रतियोगितामा एसओएस विद्यालयबाट सहभागी भई सर्वोत्कृष्ट बन्न सफल भएका थिए। २०४७ सालमा काठमाडौंमा भएको अन्तरमाविस्तरीय राष्ट्रिय प्रतियोगितामा सहभागी भई उनको टीम दोस्रो भएको थियो।

आफ्नो समयमा एक सय मिटर र दुई सय मिटर दौडमा च्याम्पियन तण्डुकारले  फुुटबल रेफ्रीको भूमिकामा २०४८ सालदेखि देखिएका थिए। २०४८÷४९ सालमा वीरगञ्ज र भैरहवामा भएको प्रतियोगितामा आफ्नो क्षमता प्रस्तुत गरेका उनले विभिन्न विद्यालय, राष्ट्रिय अन्तर्राष्ट्रिय क्लबस्तरीय प्रतियोगितामा सहभागी भई सन् १९९९ मा फिफा रेफ्रीमा नियुक्त भए पनि कार्यव्यस्तताको कारण निरन्तरता दिन नसकेको बताउँछन्।
विशेषगरी पोखरा सेरोफेरोका फुटबल खेलमैदान निर्माण एवं मैदान व्यवस्थापनमा विशेष दख्खल राख्न सफल उनले पोखरा रंगशालाको दुवै फुटबल खेलमैदान निर्माणमा प्राविधिक सहयोग पु¥याएका थिए। यस्तै सहारा क्लबद्वारा पोखरा–१७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमी, तालबाराही मन्दिरमा अवस्थित आर्मी फुटबल खेलमैदान निर्माण र लुम्ले गाविसमा रहेको काँडे फुटबल खेलमैदानमा प्राविधिक सहयोग पु¥याएका थिए।
सुबी र सोफिया गरी दुई छोरीका बाबु विश्व हाल आमा रमा तण्डुकार श्रीमती सुष्मा तण्डुकारका साथमा आफ्नो पुख्र्यौली थलो रामबजारमा बस्दै आएका छन्। विश्व चार भाइ छोरामध्ये परिवारको माइलो छोरा हुन्। उनका दाजु अर्जुन तण्डुकार, भाइद्वय बलराम र भरत अन्य पेसामा आवद्ध छन्।
केही वर्षदेखि पोखरा–१० रामबजारमै दाजु अर्जुन र भाइ बलराम तण्डुकारसँग मिलेर अमृत वेकरी उद्योग सञ्चालन गर्दै आएका छन्। उनी श्रीकृष्णमन्दिर रामबजारको प्रथम उपाध्यक्ष, पोखरा भ्याली स्पोर्टस् कलबको कोषाध्यक्ष, कास्की जिल्ला एथलेटिक्स सङ्घको कोषाध्यक्ष, हुन्।
अमृत वेकरी उद्योगका प्रोप्राइटर समेत रहेका विश्व रामबजार टोल विकास संस्थाको सहसचिव, हिमाली सांस्कृतिक परिवारको आजीवन सदस्य, नेपाल भूपू मञ्चको आजीवन सदस्य, सहज इन्भेष्टमेण्ट कम्पनीको डाइरेक्टर, सहज बचत तथा ऋण सहकारी संस्ीथाको बोर्ड सदस्य, लायन्स क्लब अफ पोखरा आँगनको बोर्ड सदस्य, कालिका उमाविको शिक्षक अभिभावक सङ्घको सदस्य पनि हुन्।

Comment