सुदूरपश्चिमाञ्चल एफसीद्वारा एपीएफ पराजित

sudur paschim
प्रेमनारायण न्यौपाने
पोखरा
सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलाली पोखरामा जारी १३ औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ। बुधबार भएको खेलमा सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबलाई १–० ले पराजित गर्दै राष्ट्रिय लिगमा पहिलो पटक सहभागी सुदूरपश्चिमाञ्चल फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको हो। सुदूरपश्चिमाञ्चलको जीतमा म्यान अफ दी म्याच शिव सुवेदीले निर्णायक गोल गरेका थिए। पोखरेली खेलाडी उनले सातौ मिनेटमा करिब ४३ यार्डबाट एपीएफका दुई डिफेण्डर आदित्य चौधरी र रमेश दंगाललाई छलाउँदै बल अगाडि बढाएर गोलकिपर विनय श्रेष्ठलाई विट गर्दै सेकेण्डबारमा गोल भएको थियो।
सो खेलमा सुदूरपश्चिमाञ्चलका गोलकिपर वीरेन्द्रबहादुर चन्दले एपीएफको एउटा पेनाल्टी रोके भने एपीएफकै दुईवटा प्रहार बारमा लागेर फर्किएको थियो। गोल कम हुँदा निक्कै तनाव देखिएको खेलमा नौवटा एलो तथा एउटा रेडकार्ड पनि वितरण भएको थियो। एपीएफबाट प्लेइङ सेटमै खेलेका दुई दाजुभाइ रञ्जन विष्ट र अञ्जन विष्ट सात मिनेटको अन्तरमा परिवर्तन भएका थिए। सफल कपमा दुई गोल गरेका भेट्रान खेलाडी गणेश लावती ६९ मिनेटमा रञ्जन विष्टको ठाउँमा तथा एपीएफलाई चाहिएको बेलामा गोल गर्ने खेलाडी भनी चिनिएका प्रवीन स्याङ्तान ७७ मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान प्रवेश पाएका थिए।
एन्फा यु–१६ का अधिकांश खेलाडी संलग्न सुदूरपश्चिमाञ्चलले यु–१९ र यु–१७ का खेलाडी संलग्न एपीएफसँग टेक्निकल्ली, फिजीकल्ली र ट्याक्टीकल्ली तीनै पक्षमा प्रतिस्पर्धा गर्न सफल भएको थियो। राष्ट्रिय लिगको पछिल्लो खेलमा मोरङ फुटबल क्लबलाई ४–१ ले पराजित गरेको एपीएफले थ्रीस्टार क्लबसँग ३–० को हार बेहोरेको सुदूरपश्चिमाञ्चललाई बुधबारको खेलमा समग्र एक सय मिनेट दबाबमा राखेर खेलाए पनि थुप्रै गोल गर्नबाट चुक्यो। ५६ मिनेटमा विपक्षी खेलाडी आभालाई ब्याड ट्याकल गरेर डिफेण्डर आदित्य चौधरीले रेडकार्ड खाएपछि पछिल्लो ३८ मिनेट एपीएफ १० खेलाडीमा सीमित भएर खेलेको थियो।
खेल सुरु भएको छैटौ मिनेटमा आदित्य चौधरीको लामो फ्रिकिक गोलकिपर वीरेन्द्र चन्दले पञ्च गरेर विफल पारेका थिए। त्यही काउण्टर अट्याकमा सुदूरपश्चिमाञ्चलको लागि शिवले गोल गरेका थिए।नौ मिनेटमा एपीएफका नवीन लामाले बराबरी गोल गर्ने अवसरमा चुके। सिक्सयार्डनजिकैबाट उनले हानेको प्रहारलाई विपक्षी गोलकिपरले डाइभ हान्दै पञ्च गरेर बाहिर फालिदिए।१८ मिनेटमा एपीएफले पेनाल्टीमार्फत बराबरी गर्ने पुनः अर्को चान्स पायो तर त्यसमा आदित्य चौधरी नराम्रोसँग चुके।सीधा हानेको उनको प्रहारलाई गोलकिपर वीरेन्द्र चन्दले पञ्च गरेर विफल पारिदिए। सुदूरपश्चिमाञ्चलका रबि भण्डारीले सन्तोष श्रेष्ठलाई डिबक्सभित्र लडाएपछि एपीएफलाई फिफा रेफ्री लव खत्रीले पेनाल्टी हान्ने अवसर दिएका थिए।
पाएको एउटै मात्र चान्समा गोल गरेको सुदूरपश्चिमाञ्चलले पहिलो हाफमा एपीएफको थुप्रै दबाबको सामना गर्नुप¥यो। पेनाल्टी विफल पारेका वीरेन्द्र चन्द दुईपटक घाइते भएपछि करिब छ मिनेट रोकिएको खेलका कारण छ मिनेट इन्जुरी समय थपिएको थियो। त्यसको तेस्रो मिनेटमा एपीएफका सन्तोष श्रेष्ठको प्रहारलाई सिक्सयार्डबाट सुदूरपश्चिमाञ्चलका आकाश थापाले क्लियर गरिदिएि।चौथो मिनेटमा सन्तोषकै प्रहार फस्टबारमा लागेर बाहिरियो। छैटौं मिनेटमा अञ्जन विष्टको प्रहार सेकेण्ड बारमा लागेर फर्कियो तर रिबाउण्डबललाई गोलकिपर वीरेन्द्रले नै नियन्त्रणमा लिए।
दोस्रो हाफमा पनि एपीएफले आक्रामक खेल खेल्योे।६९ मिनेटमा हेमन गुरुङले करिब २५ यार्डबाट हानेको फ्रिकिकलाई विपक्षी गोलकिपरले एकहातले पञ्च गरे पनि हाफ क्लियर बललाई उनैले पुनः नियन्त्रणमा लिए।७२ मिनेटमा सुदूरपश्चिमाञ्चलका लागि गोल सङ्ख्या दोब्बर बनाउने मौका पाएका शिव सुवेदी सफल हुन सकेनन्। डिबक्सभित्र प्राप्त वान भर्सेस वान बल गोलकिपर विनय श्रेष्ठलाई छकाएर Çिलक गर्न खोज्दा उनी अलमलिए र चलाखी अपनाउँदै बल विनयले नियन्त्रणमा लिइदिए।७५ मिनेटमा एपीएफका गोलकिपर विनयले डिबक्सबाहिर आएर बल समातेपछि सुदूरपश्चिमाञ्चलले इन्डाइरेक्ट फ्रिकिक हान्ने अवसर पायो, जसमा करिब २३ यार्डबाट हानेको हेमन्त थापामगरको प्रहारलाई किपरले पञ्च गरेर बाहिर फालिदिए।८८ मिनेटमा सुदूरपश्चिमाञ्चलकै मनिराम चौधरीले डिफेन्स र गोलकिपर विट गरेर सिक्सयार्डनजिक बल पु¥यााए पनि उनी सम्हालिन नसक्दा बल फस्टबार हुँदै बाहिरियो।
हारपछि एपीएफका प्रशिक्षक कृष्ण थापाले पोस्टम्याच कन्फेरेन्समा पेनाल्टीमा गोल गर्न नसक्नु र दुईवटा बल बारमा लागेर फर्किनु नै हारको मुख्य कारण बनेको प्रतिक्रिया दिए। उनको भनाइ थियो–‘सेट नहुँदलै गोल खाइयो, अपोनेन्ट प्लयेरले दुई–दुईजना डिफेण्डरको बीचबाट बल लिएर गएको छ, त्यसलाई मार्क गर्ने कोही भएन। पाएको पेनानल्टीमा गोल गर्न सकिएन, आज हामीलाई लकले फेभर गरेन।’ उनले यो हारले राष्ट्रिय लिगमा सुदूरपश्चिमाञ्चलविरुद्ध हुने खेलमा पाठ सिकाएको बताए। थापाले भने–‘यो हारले लिगको लागि महŒवपूर्ण पाठ सिकाएको छ, हामी ऊविरुद्ध सचेत भएर खेल्नेछौं।’
जीतपछि खुसी देखिएका सुदूरपश्चिमाञ्चल फुटबल क्लबका प्रशिक्षक किरण श्रेष्ठले जीतले क्लबको व्यवस्थापनलाई पनि ठूलो हौसला मिलेको प्रतिक्रिया दिए। छिट्टै गोल निकस्नु नै जीतको मुख्य कारण भएको बताएका उनको भनाइ थियो–‘वान भर्सेस वान बल धेरै मिस भयो तर पनि बलियो प्रतिद्वन्द्वीविरुद्धको यो जीतले खेलाडी र व्यवस्थापनको मनोबल उच्च बनाएको छ।’ उनले यो जीतले राष्ट्रिय लिगमा एपीएफविरुद्ध हुने खेलमा पनि सहयोग पु¥याउने विश्वास व्यक्त गरे।
हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टीमको सहभागिता रहेको छ।प्रतियोगितामा विजेता टीमलाई नगद तीन लाख एक हजार तथा उपविजता टीमलाई नगद दुई लाख एक हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै उत्कृष्ट खेलाडीलाई टिभिएस मोटरसाइकल प्रदान गरिनेछ भने विधागत रूपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर र फेयर प्ले टीमलाई जनही १० हजार तथा हाइस्कोररलाई नगद १५ हजार पुरस्कार प्रदान गरिनेछ।
७३ लाख ३४ हजार एक सय खर्च तथा ९५ लाख ९७ हजार आम्दानी हुने अपेक्षा गरिएको प्रतियोगितामा प्रत्येक क्लबलाई एक खेल खेलेबापत अतिरिक्त रकम प्रिक्वाटर विजेता टीमलाई १५ हजार, पराजित टीमलाई १० हजार, क्वाटरफाइनल विजेता टीमलाई २० हजार, पराजित टीमलाई १५ हजार र सेमिफाइनल विजेता, उपविजेता टीमलाई २५ हजार म्याच मनि उपलब्ध गराइने क्बले जनाएको छ।
बिहीबार जगदम्बा लुम्बिनी फुटबल क्लब बुटवल र झापा–११ बीच तेस्रो खेल हुने प्रतियोगिता संयोजक हरिराम गुरुङले जानकारी दिए।

तस्विर सौजन्यः उमेश पुन

Comment