सक्षम र रेजिना उत्कृष्ट , मनीताको पुनरागमन

आठौ राष्ट्रिय खलकुद अन्तरगतको तेक्वान्दो स्पर्धामा नेपाल आर्मी क्लबका सक्षम कार्की र पुलिसकी रेजिना कार्की उत्कृष्ट खेलाडी घोषित भएका छन् । अन्तिम दिन महिला ४६ किलो तौल समुहमा रेजिनाले स्वर्ण पदक जितेका हुन् । उनले फाइनलमा सुदुरपश्चिम प्रदेशकी गिता कठायतलाई पराजित गरिन् । सो स्पर्धामा एक नम्बर प्रदेशकी सुस्मीता राइ र एपीएफकी संगीता श्रेष्ठले काश्य पदक जिते । उत्कृष्ट घोषित सक्षमले ८० किलो समुहमा स्वर्ण जितेका थिए ।


पुलिसकै मनोज मल्लले फाइनलमा एपीएफका गणेश चौधरीलाई हराउदै ५४ किलो तौल समुहमा स्वर्ण पदक जिते । मनोज पनि कोटेश्वर डोजाङमा कुनै समय प्रशिक्षण प्राप्त गरिसकेका खेलाडी हुन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित सक्षम सहित यस अघि सोही डोजाङका खेलाडीले तीन स्वर्ण जिती सकेका थिए । पाचँ नम्बर प्रदेशका नबराज बस्नेत र तीन नम्बर प्रदेशका शैलेस गीरीले काश्य पदक जिते । एपीएफका चन्द्र रानालाई हराउदै पाचँ नम्बर प्रदेशका गोविन्द बहादुर आलेले ५८ केजी समुहको स्वर्ण पदक जिते । आर्मीका सागर गुभाजु र सुदुर पश्चिमका रञ्जित साउदले काश्य पदक जिते ।
४९ किलो समुहको फाइनलमा आर्मीकी युनिसा राइले एपीएफकी अस्मिता खड्कालाई पराजित गरिन् । एक नम्बर प्रदेशका राधा धिमाल र गण्डकी प्रदेशकी राखी शर्माले काश्यका पदक जिते । ८७ किलोको फाइनलमा पुलिसका अनुज पुजारीले आर्मीका रामहरी महतलाई हराए । सात नम्बर प्रदेशका आशिष चन्द र दुइ नम्बर प्रदेशका शंकर यादवले काश्य पदक जिते । ७३ किलोमा साग स्वर्ण पदक धारी पुलिसकी मनीता शाहीले एपीएफकी सुस्मा गुरुङलाई हराउदै स्वर्ण जितिन् । एक नम्बर प्रदेशका पुजा राइ र गण्डकी प्रदेशकी मिना गुरुङले काश्य पदक जिते । तेक्वान्दोमा पुलिस पहिलो भएको छ भने आर्मी दोश्रो र एपीएफ तेश्रो भए । पुलिसले ११, आर्मीले ६ तथा एपीएफले दुइ स्वर्ण जिते ।

Comment