आयोजक नेपाल च्याम्पियन


नेपालकी अप्सरा लम्सालले जीबीएचएस कप दक्षिण एसियाली आमन्त्रण अन्तर्राष्ट्रिय गोजुरिया कराते प्रतियोगिताको सिनीयर ५० किलो तौल समुहमा स्वर्ण पदक जितेकी छिन् । सोही उमेर समुहको जुनियर तर्फ रचना जिरेलले पहिलो स्थान हात पारिन् । सिनीयर कातामा रिचा लामाले पहिलो स्थान हात पारिन् । क्याडेट ब्वायजमा सुसान्त राना मगरले पहिलो स्थान हात पारे । जुनियर ४० किलोमा अनिस गीरी तथा ४५ किलोमा अनिस कुमार मण्डलले पहिलो स्थान पाए ।
पुरुषको जुनियर ५० किलोमा बुद्ध तामाङ पहिलो भए । सिनियर ६५ मा नेपालका सागर घतानीले पहिलो स्थान पाए । यसैगरी, ६७ किलो भन्दा माथि आशिष कार्कीले पहिलो स्थान पाए । सिनीयर ५५ मा रमेस लामाले पहिलो स्थान पाए ।
गुहेश्वरी आवसीय माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा नेपाल २० स्वर्णm २० रजत र १७ काश्य सहित पहिलो भएको हो । १५ स्वर्ण,१३ रजत र १४ काश्य सहित भारत दोश्रो तथा ३ स्वर्ण, ५ रजत र चार काश्यका साथ बंगलादेश पहिलो भएको प्रतियोगिता संयोजक तथा नेपाल गोजुरियो कराते संघका सचिव सानुबाबु गीरीले जानकारी दिए ।

Comment