आहा रारा गोल्डकपको उद्घाटन खेलमै डिफेण्डिङ च्याम्पियन सहारा पराजित

 

बल अघि बढाउदै सहाराका अनील ओझा । तस्बिर सौजन्यः उमेस पुन
बल अघि बढाउदै सहाराका अनील ओझा । तस्बिर सौजन्यः उमेस पुन

प्रेमनारायण न्यौपाने
पोखरा
डिफेण्डिङ च्याम्पियन सहारा क्लब मड्डलबारदेखि पोखरामा शुभारम्भ भएको १३ औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ।उद्घाटन खेलमा नवजनजागृति युवा क्लब सिमराले आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–३ हरायो। सहाराले बेहोरेको यो हार चौथो संस्करणपछि पहिलो हो। निर्धारित तथा अतिरिक्त समय तीन–तीन गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेर टुड्डिएको थियो।
टाइब्रेकरमा नवजनजागृतिका राज पौडेलले निर्णाय प्रहार गरेका थिए।सहाराका दुईवटा प्रहार रोकेका नवजनजागृतिका गोलरक्षक  बाबु मगर टीमको जीतमा नायक बने। सहाराका अनिल ओझा, भूपाल गुरुङ र गोलकिपर सागर गुरुङको प्रहार गोलमा परिणत भएको थियो । गोविन थापाको दोस्रो तथा जुगल गुरुङको पाँचौं प्रहार बाबले पञ्च गरेर रोकेका थिए। यस्तै नवजनजागृतिका कुमार गुरुङ, सञ्जय राजबाहक, सन्दीप सिलवाल र राज पौडेलको प्रहार गोेलमा परिणत भयो भने मुना चौधरीको चौथो प्रहार क्रसबारमाथीबाट बाहिरिएको थियो।
विपक्षी पोस्टमा सहारा क्लबले आक्रमण पहिलो आक्रमण गरे पनि पहिलो गोल भने नवजनजागृति क्लबले खेल सुरु भएको चार मिनेटमै गर्न सफल भयो।सरोज तामाङको क्रसमा अनमार्क रवि पासवानले सिक्सयार्ड बक्सनजिकबाट पोस्टमा हेड गोल गरेका थिए। उत्कृष्ट प्रदर्शन गरेको जनजागृतिले २६ मिनेटभित्र तीन गोल गरेको थियो। पहिलो गोल गरेको छ मिनेटमै उसले दोस्रो गोल ग¥यो। कप्तान राज पौडेलको क्रसमा पोखरेली खेलाडी कुमार गुरुङले टीमको लागि दोस्रो गोल गरे। सरोज तामाङको लामो फ्रिकिकमा राजले कुमारलाई पास मिलाइदिएका थिए। डिफेन्स, मिडफिल्ड र फरवार्डको उत्कृष्ट तालमेलसँगै जनजागृतिले २६ मिनेटमा तेस्रो गोल ग¥यो। कुमार गुरुङले व्यक्तिगत दोस्रो गोल गरे। सन्दीप सिलवालको उत्कृष्ट पासमा कुमारले डिबक्सभित्रबाट पोस्टमा एक्रोब्याट्रिक प्रहार गरेका थिए।तीन मिनेटअघि मात्र कुमार गुरुङको शक्तिशाली प्रहारलाई सहाराका गोलकिपर सागर गुरुङले डाइभ हानेर पञ्च गर्दै बललाई बाहिर पठाइदिएका थिए।
२६ मिनेटभित्र तीन गोल फर्काएको जनजागृतिले ३० मिनेटमा भने गोल खान पुग्यो।कप्तान अनिल ओझाले निकै चलाखी तरिकाले गोल गर्दै खेलमा फर्कने आशा जगाए। अनिल गुरुङले डिबक्सभित्र निकालेको उत्कृष्ट पासलाई गोलकिपर विट गर्दै अनिलले खालीपोस्टमा गोल गरेका थिए। ३७ मिनेटमा सहाराले दोस्रो गोल गर्ने अवसर गुमायो। करिब ३८ यार्डबाट अनिल ओझाले हानेको प्रहारलाई गोलकिपर बाबुले नियन्त्रणमा लिइदिए। पहिलो हाफको इन्जुरी समयमा जनजागृतिले चौथो गोल गर्ने अवसरबाट चुक्यो।तीन मिनेट थपिएको इन्जुरी समयको पहिलो मिनेटमा टंक गुरुङको प्रहार क्रसबारमा लागेर फर्कियो।
दोस्रो हाफमा उत्कृष्ट कमब्याक गरेको सहाराले ५३ मिनेटमा दोस्रो गोल ग¥यो।भूपाल गुरुङको पासमा अनिलले सिक्सयार्ड नजिकैबाट पोस्टमा वानटच प्रहार गर्दै गोल गरेका थिए। लगातार विपक्षी पोस्टमा आक्रण जारी राखेको सहाराले ८५ मिनेटमा बराबरी गोल फर्कायो। डिबक्सभित्र प्राप्त बल एकल प्रयासमा विपक्षी डिफेण्डर छलाउँदै सुवासले सिक्सयार्डबक्स नजिकैबाट सेकेण्डबारमा जाली चुमाएका थिए। यसअघि ७८ मिनेटमा विश्व गुरुङको प्रहार किपरले पञ्च गरेर असफल पारेका थिए।८० मिनेटमा सुवासकै प्रहार क्रसबारमा लागेर फर्कियो।
निर्धारित ९० मिनेट तीन–तीन गोलको बराबरीमा सकिएपछि खेल १५–१५ मिनेटको अतिरिक्त समय खेलाइएको थियो। १०६ मिनेटमा भूपालको क्रसमा विश्व गुरुङले सिक्सयार्ड नजिकबाट हानेको कडा भलिसुट क्रसबारमाथिबाट बाहिरियो। १०८ मिनेटमा जनजागृति सुुसाइड गोल खानबाट बच्यो। भूपालको क्रसलाई क्लियर गर्ने क्रममा सरोज तामाङको हेड गोलकिपर बाबु मगरले जम्प गरेर नियन्त्रणमा लिइँदै ठूलो संकटबाट टीमलाई बचाए। १०३ मिनेटमा जनजागृतिका कुमार गुरुङको लामो फ्रिकिकमा सन्दीप सिलवालको हेड फस्ट बार हुँदै बाहिरियो।११६ मिनेटमा सहाराका सुवास गुरुङको प्रहार किपर बाबुको खुट्टामा लागेर रिबाउण्ड भएपछि त्यसमा विश्वको कडा भलिसुट क्रसबारमाथिबाट बाहिरिएको थियो।
हारपछि सहाराका प्रशिक्षक विष्णु केसीले पहिलो हाफको २६ मिनेटभित्र लगातार तीन गोल डिफेण्डरको गल्तीमा खाएको प्रतिक्रिया दिए। उनले दोस्रो हाफमा रणनीतिमा केही परिवर्तन गरेपछि गोल फर्काउँँदै बराबरीमा ल्याउन सफल भएको बताए। उनले भने–‘टाइब्रेकरमा जे पनि हुन्छ, हामीलाई लकले साथ दिएन।’
जीतपछि जनजागृति क्लबका प्रशिक्षक जीवन लामाले फस्ट हाफमा तीन गोल हानिसकेपछि फाइदा लिनुपर्नेमा आफूहरूले नसक्दा खेल लम्बिएको बताए। उनले भने–‘खेल जितिराख्दा पनि हामीले त्यसबाट फाइदा लिन सकेनौं।’ उनले पोखरेली तीनजना खेलाडी तथा एकेडेमीका तीनजना खेलाडीले राम्रो प्रदर्शन गरेको बताए।
सो खेलमा सहाराका राकेश गुरुङ, अनिल ओझा तथा सरोज तामाङ र मुना चौधरीलाई फिफा रेफ्री सुदीश पाण्डेले एलोकार्ड देखाएका थिए।
यसअघि हावाहरी र पानीको बीच प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–चिव युवराज लामाले गरेका थिए।
सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव केशवबहादुर थापाले गरेका थिए। हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टीमको सहभागिता रहेको छ।
प्रतियोगितामा विजेता टीमलाई नगद तीन लाख एक हजार तथा उपविजता टीमलाई नगद दुई लाख एक हजार, शिल्ड,मेडल र प्रमणपत्र प्रदन गरिने छ। यस्तै उत्कृष्ट खेलाडीलाई टिभिएस मोटरसाइकल प्रदान गरिनेछ भने विधागत रूपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर र फेयर प्ले टीमलाई जनही १० हजार तथा हाइस्कोररलाई नगद १५ हजार पुरस्कार प्रदान गरिनेछ।।
७३ लाख ३४ हजार एक सय खर्च तथा ९५ लाख ९७ हजार आम्दानी हुने अपेक्षा गरिएको प्रतियोगितामा प्रत्येक क्लबलाई एक खेल खेलेबापत अतिरिक्त रकम प्रिक्वाटर विजेता टीमलाई १५ हजार, पराजित टीमलाई १० हजार, क्वाटरफाइनल विजेता टीमलाई २० हजार, पराजित टीमलाई १५ हजार र सेमिफाइनल विजेता, उपविजेता टीमलाई २५ हजार म्याच मनि उपलब्ध गराइने उनले बताए। प्रत्येक खेलको म्यान अफ दी म्याचलाई सहारा युकेद्वारा प्रायोजन गरिएको ट्रफी प्रदान गरिनेछ।
प्रतियोगिता हेर्ने दर्शकको लागि एक हजारको सिजनल टिकट, पहिलो चरणका चार खेलको लागि रु. ५०, दोस्रो चरणका चार खेलको लागि रु.८० तथा सेमिफाइनल र फाइनल खेलको लागि रु.एक सयको टिकट व्यवस्था गरिएको छ।
पोखरा रड्डशालाको फुटबल मैदान मर्मतको लागि प्रतियोगिताको प्रत्येक टिकटबाट एक रुपैयाँ छुट्याउने निर्णय गरिएको प्रतियोगिताअन्तर्गत बुधबार सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलाली र नेपाल एपीएफ क्लबबीच दोस्रो खेल हुने क्लबले जनाएको छ।

Comment