पारा माउन्ट र स्वयम्भुको टोली नेपालगञ्जतर्फ

para mount1
छैटौं खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुने बानियाँटारस्थित पारामाउन्ट एकेडेमीका खेलाडीलाई मंगलबार बिदाइ गरियो ।
उक्त प्रतियोगितामागणेश भण्डारी, सागर न्यौपाने, सागर भेटवाल, विशाल गुरुङ, मिलन तामाङ, प्रेम बुढा मगर, सुवाश घले, नमराज गुरुङ, विशाल तामाङ, शंकर भण्डारी, अनिश ठाकुर, सोनु थापा, थमन पुन, दीपिका खत्री र गोविन्द खत्रीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
टोली नेतामा जापान गोजुरियो केन्वाकाई नेपाल संघका प्रमुख प्रशिक्षक विसनसिंह खड्का तथा प्रशिक्षकमा सुमन तिमल्सिना रहेका छन् ।
च्याम्पियनसिपमा नेपाल लगायत भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान गरी ५ राष्ट्रको सहभागिता रहने बताइएको छ । ४५ स्वर्ण, ४५ रजत र ९० कांस्य गरी कुल १ सय ८० पदककालागि प्रतिस्पर्धा हुनेछ ।
मध्यपश्चिमाञ्चल गोजुरियो करातेडो संघको आयोजनमा प्रतियोगितामाघ २२ देखि २३ गतेसम्मबाँकेको नेपालगन्जमा हुनेछ ।
टोलीलाई सफलताको शुभकामना दिदै पारामाउन्टका प्रबन्ध निर्देशक प्रमोद पाण्डे, प्रिन्सिपल मुकुन्द प्रसाद पाण्डे, इसीए इन्चार्ज मन्दिप पाण्डे लगायतले बिदाइ गरे । त्यसै प्रतियोगितामा सहभागि हुन फूर्वा सिंह तामांगको नेतृत्वमा स्वयम्भु गोजुरियो कराते टोली पनि त्यस तर्फ प्रस्थान गरेको छ । स्वयम्भुले उत्कृष्ट प्रदर्शन गर्ने बिश्वास रहेको तामांगले बताए

Comment