गृह जिल्लामा अनुको सम्मान


नुवाकोटकी चर्चीत कराते खेलाडी अनु अधीकारी गृह जिल्लामा सम्मानीत भएकी छिन् । तीन नम्बर प्रदेश कराते छनोटको अबसरमा नुवाकोट जिल्ला सितेरियो कराते संघले उनलाई ५ हजार रुपैया सहित सम्मानीत गरेको हो । हाल एपीएफमा आबद्ध अनु बालाजु कराते एकेडेमीकी उत्पादन हुन् । ११ औ सागकी रजत पदक विजेता उनले गत एसियाडमा पनि उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनी लामो समय देखि नेपालको कराते राष्ट्रिय टोलीमा रहदै आएकी छिन् ।

Comment