बाबुको प्रेरणामा मेलिसाको पाइला


छोरीलाई स्टार तेक्वान्दो खेलाडी बनाउने प्रशिक्षक मनोज खड्गीको योजना थप एक पाइला अघि बढेको छ । हङकङमा बर्षेनी आयोजना हुने टप माउन्टेन तेक्वान्दो च्याम्पियनसीपमा मनोजको छोरी तथा शिष्य मेलिसा खड्गीले यस पटक पनि स्वर्ण पदक जितेकी छिन् । उनले हङकङ, फीलीपीन्स र इन्डोनेसियाका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् ।
तेक्वान्दो प्रशिक्षक मनोजकै प्रेरणामा लागेकी मेलीसा कम उमेरकी प्रतिभासाली खेलाडीको रुपमा रहेकी छिन् । हङकङमा रहेको टप माउन्टेन तेक्वान्दाृ एसोसीएसनको निमन्त्रणमा मनोज खड्गीको प्रशिक्षणमा रहेको माउन्ट ग्लोरी तेक्वान्दो डोजाङले सहभागिता जनाउदै आएको छ ।

Comment