राष्ट्रिय लिग फुटबलमा एपीएफको कमब्याक

man_of_the_matc_1422880031एक गोलले पछि परेको एपीएफले राम्रो कमब्याक गर्दै मोरंग फुटबल क्लबविरुद्ध सोमबार भएको रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको खेलमा ४–१ को जित हात पारेको छ । सुरुवातमै रक्षात्मक रहे पनि मोरंगले ३६ औ मिनेटमा राज पौडेलको गोलमा अग्रता लिएको थियो । उनले कोमल खवासको क्रसलाई उपयोग गरेका थिए । ४१ औ मिनेटमा नबीन लामाले अफसाइड ट्रयाप विट गर्दै मिलाइदिएको अबसरमा अन्जन बिस्टले एपीएफका लागि बराबरी गोल गरेका थिए ।
एक मिनेट पछि नै विपक्षी रक्षक र गोलरक्षकविचको समन्वय नमिलेको अबस्थामा रन्जन बिस्टले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । ५९ औ मिनेटमा रन्जनले यसै खाले गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । गणेश लावतीको पासमा नबीनले टोलीको अन्तिम गोल गरे । रन्जन म्यान अफ द म्याच घोषित भए  ।

Comment